१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेपालभाषा साहित्य नख: हुने

कान्तिपुर संवाददाता

काठमाडौं — नेपालभाषा टाइम्स दैनिक र सन्ध्या टाइम्स सञ्चार सहकारीको आयोजनामा नेपालभाषा साहित्य नख: (महोत्सव) हुने भएको छ।

नेपालभाषाका विभिन्न साहित्यक गतिविधि र साास्कृतिक कार्यक्रमसहित यही भदौको अन्तिम साता एकदिने महोत्सव हुने आयोजक कमिटीका अध्यक्ष रमेशकाजी स्थापितले बताए। 

मल्लकालीन अवस्थामै विकसित नेपालभाषा साहित्य लेखन हाल विभिन्न कारणहरूले गर्दा सुस्त गतिमा अघि बढिरहेको छ। यो भाषाको साहित्य लेखनमा उर्जा थप्ने र नेपालभाषा साहित्यबारे प्रचारप्रसार गर्ने उद्देश्यसहित उक्त साहित्य नख: आयोजना गर्न लागिएको हो। 

‘नेपाल संवत् ६०८ मै महिन्द्र मल्लको नेपालभाषामा लिखित कविता भेट्टाइएको छ। त्यतिबेला नै विकसित भइसकेको नेपालभाषा साहित्य लेखन अहिले धेरै सुस्त गतिमा छ। युवापुस्ताको आकर्षण कम देखिएको छ,’ आयोजक कमिटीका उपाध्यक्ष तथा कवि सुरेश किरणले भने, ‘यस कार्यक्रममा नेपालभाषा साहित्यको अवस्थाबारे मन्थन हुनेछ, प्रचारशप्रसार हुनेछ र साथै युवा पुस्तालाई आकर्षित गर्ने आशा गरेका छौं।’

महोत्सवमा नेपालभाषाका वरिष्ठ साहित्यकारहरूको रचना पाठलगायत, समसामयिक नेपालभाषा साहित्यबारे प्रवचन, नेपालभाषा साहित्य, फिल्म आदि बारे अन्तरक्रिया, पुस्तक विमोचन, 
पुस्तक प्रदर्शनीका साथै मौलिक सांस्कृतिक प्रदर्शनी हुने अध्यक्ष स्थापितले बताए।

प्रकाशित : श्रावण ११, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?