गजल शैलीमा तीज गीत

कान्तिपुर संवाददाता

काठमाडौं — सालैजो, रोइला, पञ्जेबाजा शैलीका गीतमा जमेका गायक थानेश्वर गौतमले पहिलोपटक गजल शैलीमा तीज गीत गाएका छन्।

गजल शैलीमा तीज गीत

उनको ‘आफू त तीजमा पनि गजल गाइन्छ’ शीर्षक गजलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ।

तीजको पूर्वसन्ध्यामा सार्वजनिक भएको उक्त गजल प्रभा बर्तौलाले लेखेकी हुन् भने संगीत गायक गौतमकै रहेको छ। गजलमा गायक गौतमसँगै गायिकाहरू सरु गौतम तथा कविता गौतमले साथ दिएका छन्। 

प्रकाशित : श्रावण १७, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?