कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पलेँटीमा मीना

काठमाडौं — नेपाली फिल्म संगीतमा मीना निरौला छाइरहेकी छन् । उनले गाएका ‘ठमेल बजार...’, ‘काले दाइ...’ जस्ता गीत खुब चले । उनै गायिका अब पलेँटी शृंखलामा प्रस्तुत हुँदै छिन् जहाँ उनी यसअघि सहायक गायिकाका रूपमा सहभागी भइसकेकी थिइन् ।


‘पलेँटी मेरो घर र संगीतको गुरुकुल हो,’ उनले भनिन्, ‘यहाँ स्थान पाउनु मेरो लागि अहोभाग्य हो ।’ एकल प्रस्तुति दिन लागेकी मीनाले संगीतकार आभासका सृजनाहरू सुनाउनेछिन् । नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुने गरेको शृंखलामा यसपटक बैरागी काइँला, 
मञ्जुल, दिनेश अधिकारी, श्रवण मुकारुङ र आभासले रचेका गीत समावेश हुनेछन् ।
गायिका निरौला करिब एक दशक पहिलेदेखि पलेँटीसित आबद्ध छिन् । उनले गीतकार रत्नशमशेर थापा, किरण खरेल, राममान तृषित, दिनेश अधिकारी, शान्ति ठटाल, संगीतज्ञ अम्बर गुरुङलगायत स्रष्टाको प्रस्तुति छँदा आफ्नो सहगायन प्रस्तुत गरिसकेकी छन् । उत्तरपूर्वी भारतका अगुवा कलाकार शान्तनु कुमार लिम्बूमार्फत मीना नेपाल भित्रिएकी थिइन् । ‘संगीतकै लागि काठमाडौं आएकी थिएँ,’ उनले भनेकी छन्, ‘पलेँटीको साथ पाएर अगुवाहरूसित मञ्च सेयर गर्न पाएँ ।’ 
संगीतकार आभासले चाहिँ मीना बहुआयामिक स्वरकी प्रतिभाशाली गायिका भएको बताए । पलेँटीका संयोजकसमेत रहेका आभासले यसपालिको कार्यक्रममा झन्डै १६ वटा गीत छानेका छन् । गायिका निरौला र बेनुका राईलाई लिएर संगीतकार आभासले केही महिनाअघि तीन दर्जनभन्दा बढी बालगीत रेकर्ड गराएका थिए । 

 

प्रकाशित : भाद्र ६, २०७४ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?