पर्थमा अन्तराष्ट्रिय साहित्य सम्मेलन हुँदै

अष्ट्रेलिया — हरेक दुई वर्षमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यसबर्ष पश्चिम अष्ट्रेलियाको पर्थमा आयोजना हुने भएको छ ।

पर्थमा अन्तराष्ट्रिय साहित्य सम्मेलन हुँदै

यही महिनाको ९ र १० तारिखमा आयोजना हुन लागेको पाँचौ महोत्सवमा नेपाल र विश्वभरिबाट साहित्यकारहरुले सहभागिता जनाउदैछन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पश्चिम अष्टेलियाको आयोजनामा हुन लागेको यस महोत्सव पर्थस्थित म्यासोडेनियन हलमा आयोजना हुने कार्यक्रम संयोजक गणेश घिमिरेले जानकारी दिए । महोत्सव अनेसासको कार्यदिशा र नेपाली भाषालाई विश्वव्यापीकरण गर्ने बिषयमा केन्द्रित हुने जनाइएको छ ।

कार्यक्रममा नेपालबाट साहित्यकार तुलशी दिवस, सञ्जिव उप्रेती, डा. लक्ष्मण गौतम, राधेश्याम लेकाली, एलबी क्षेत्री, युवराज नयाँघरे लगायतका साहित्यकारहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । यसैगरि अमेरिका, जापान, कोरिया, भारत, बेलायत, जर्मनी, डेनमार्क, मलेशिया लगायतका देशहरुबाट समेत नेपाली साहित्यकारहरुले सहभागिता जनाउने भएका छन् । महोत्सवमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका शहरहरुबाट समेत साहित्यप्रेमीहरुले सहभागिता जनाउने बताइएको छ ।

अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माका अनुसार महोत्सवमा ‘अनेसास राम लामा सर्वोत्कृष्ट पुरस्कार’ संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिने भएको छ । त्यसैगरि कार्यक्रममा नेपालका प्राध्यापक तथा साहित्यकार डा. लक्ष्मणप्रसाद गौतम र सिड्नीकी सानु घिमिरेले कार्यपत्र प्रस्तुत गर्दैछन् । करिब २५ बर्षअघि स्थापना गरिएको संस्थाको विश्वका ४० बढी देशहरुमा ८४ वटा शाखाहरु विस्तार गरिएको समेत जानकारी दिइएको छ ।

प्रकाशित : भाद्र १९, २०७४ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?