१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पोखरामा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुँदै

काठमाडौं — पोखरामा दुईदिने ‘अन्तर्राष्ट्रिय काव्य संगम, २०७४’ हुने भएको छ । देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठान नेपालले गण्डकी साहित्य संगम पोखराको सहयोगमा भदौ २४ र २५ गते गर्न लागेको कार्यक्रममा भुटान, भारत र नेपालका साहित्यकारको सहभागिता रहनेछ ।

प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंका अनुसार भारतबाट असम, कोलकाता, सिक्किम, सिलिगुडी, खर्साङ, देहरादूनका कवि–साहित्यकार आउँदै छन् ।
पहिलो दिन अन्नपूर्ण हिमशृंखला देखिने धम्पुसमा र दोस्रो दिन पोखरामा कविता गोष्ठी तथा विमर्श कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ ।

 

प्रकाशित : भाद्र २४, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?