बालगृहबाट चित्र

काठमाडौं — राष्ट्रिय बाल दिवसका अवसरमा बालगृहहरूको महासंघले मुलुकभरका बालगृहमा संरक्षित बालबालिकाहरूबीच शनिबार चित्रकला प्रतियोगिता गर्‍यो ।

 बालगृहबाट चित्र

१ सय ५० बढी बालगृहका २ सय ५० भन्दा बढी बालबालिकाहरूले प्रतियोगितामा भाग लिएका थिए, जसमध्ये सृजनशील बाल विकास कार्यक्रम कास्कीका सामुयल सुवेदी प्रथम, सीपीसीएस काठमाडौंका क्षितिज श्रेष्ठ द्वितीय र सांग्रिला अर्फानेज होम ललितपुरका अनुजा नेपाली तृतीय भए । हेप्पी चिल्ड्रेन होम काभ्रेका दावा शेर्पा र सांग्रिला अर्फानेज होमकै विकास बिसुन्के सान्त्वना भए । प्रथम, द्वितीय र तृतीय हुनेले १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ र सान्त्वनाले जनही ५/५ हजार रुपैयाँ र प्रमाण पत्र पाए । 
महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले पुरस्कार हस्तान्तरण गरे । कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष वविना श्रेष्ठ, कार्यकारी निर्देशक तारक धिताल, वरिष्ठ चित्रकार किरण मानान्धर, महासंघका अध्यक्ष लोकेन्द्र खत्री, पूर्वअध्यक्ष रमेश खतिवडा द्वितीय उपाध्यक्ष गोमा ढकालले बालबालिकाको सिर्जनात्मकतामाथि प्रकाश पारे । 

 

प्रकाशित : भाद्र २५, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?