कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

देश विकासबारे मिलन

काठमाडौं — आर्किटेक्ट तथा ग्रामीण विकासविज्ञ मिलन बगालेको दोस्रो पुस्तक बजारमा आएको छ । ‘देशदृष्टि’ राजधानीमा डा. मोहनमूर्ति पन्त, आख्यानकार अमर न्यौपाने र बगालेले सार्वजनिक गरे ।

देश विकासबारे मिलन

बसोबास पद्धति, निर्माण संस्कृति, सम्पदा संरक्षण र ग्रामीण विकासका विविध आयाम समेटिएका लेखहरू संगृहीत पुस्तकले वास्तुकलाका विविध आयाम र इतिहासलाई गहिरोसँग केलाएको टिप्पणी गरे । ‘अरनिकोदेखि रनसुर बिष्ट, जोगलाल स्थापित जस्ता वास्तुशिल्पीका सिर्जनाबारे पनि गहन चिन्तन गरिएको छ,’ उनले भने, ‘मिलनले भवन निर्माण क्षेत्रजस्तो नीरस विषयलाई भाषिक शिल्पका माध्यमले पठनीय बनाएका छन् ।’ 

आख्यानकार न्यौपानेले नेपाल आधुनिक हुने होडमा दौडिए पनि सुव्यवस्थित र योजनाबद्ध ढंगले विकास गर्ने बाटोतिर हिँड्न नसकेको उल्लेख गर्दै थपे, ‘यो किताबले सम्पदा तथा वास्तुकला संरक्षणका लागि सबैलाई प्रेरणा दिएको छ ।’ उक्त पुस्तक सांग्रिला बुक्सले निकालेको हो । 

 

प्रकाशित : भाद्र २६, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?