कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा हेमन्त विवशका कविता

काठमाडौं — घटस्थापनाका दिन पोखरामा डोट्याली कवि हेमन्त विवशले एकल कविता वाचन गर्ने भएका छन् । अलिमियाा लोक वाङमय प्रतिष्ठानको आयोजनामा असोज ५ गते हुने कार्यक्रममा विवशले छन्द र गद्यमा लेखिएका डेढ दर्जन कविता सुनाउनेछन् । साथमा उनले सुदूरपश्चिमको सास्कृतिबारे अनुभव बााड्नेछन् ।

पोखरामा हेमन्त विवशका कविता

‘कवितामा सुदूरपश्चिम बोकेर हिाडेका कविको सम्मानमा हामीले एकल वाचन गर्न लागेका हौं‘, प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ भन्छन्, ‘कवितासँगै सुन्दर सुदूरपश्चिमका लोकसास्कृति सुन्न हामी आतुर छौं ।’

शिक्षाविद् जोर्ज जोनको हातबाट कविलाई सारंगी प्रदान गरेर एकल वाचन सुरु गरिने आयोजकले जनाएको छ । कार्यक्रममा कविहरु अमृत सुवेदी र विर्सना बस्नेतले विवशलाई सघाउने छन् । त्यसैगरी ती कवितामाथि साहित्यकारहरु प्रकट पगेनी शिव र पद्मराज ढकालले टिप्पणी गर्नेछन् ।

एकल वाचनमा रैका ट्राभल्स, नेपाल पर्यटन बोर्ड, गजल सन्ध्या पोखरा, डोट्याली समाज पोखरा, कन्सेप्ट नेपाल र भिटोफ पोखराले प्रतिष्ठानसाग हातेमालो गर्दैछन् ।

प्रकाशित : भाद्र २८, २०७४ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?