कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पत्रकार न्यौपानेको 'ट्यालेन्ट शो'

काठमाडौं — कान्तिपुर दैनिकका पत्रकार तथा लेखक दामोदर न्यौपानेले तेस्रो कृति ‘ट्यालेन्ट शो’ ल्याएका छन् । उनको पुस्तकको राष्ट्रिय बालदिवसको अवसर पारेर बालबालिकाले बिहीबार सार्वजनिक गरे ।

पत्रकार न्यौपानेको 'ट्यालेन्ट शो'

अक्षरका स्कुलका कक्षा ८ का छात्रा श्रीतिका तिमल्सिना, कक्षा ७ का छात्र एलेक्स अधिकारी र एसओएस हर्मन माइनर स्कुल १२ कक्षाकी छात्र सुजिता न्यौपानेले सार्वजनिक गरे । 

पुस्तकमाथि टिप्पणी गर्दै श्रतिकाले कथाको विषयवस्तु आफूलाई मन परेको बताइन् । ‘यसमा स्वाभिमान र सानु गरी दुई जना मुख्य पात्र छन्, ‘उनले टिप्पणी गरिन्, ‘सुरुमा सानी ट्यालेन्ट शोमा भाग लिन पाउँछु भनेर खुशी भएकी हुन्छे । उसले परिवरालाई पनि ट्यालेन्ट शो हेर्न बोलाएकी हुन्छे । तर पछि उसलाई छान्दैनन् । कक्षामा अलि जान्नेलाई मात्रै अघि सार्छन् । त्यसले गर्दा सानी निराश हुन्छे । उसलाई मनोवैज्ञानिक प्रभाव पर्छ । उ झन् राम्रोसँग पढ्न मान्दिन् । खाना पनि राम्रोसँग खान मान्दिन् । उसमा मनोवैज्ञानिक असर परेपछि सानीको सानुबाबाले यो कथा पत्रिका लेखिदिन्छन् । पत्रिकामा छापिएपछि यो कथाले चर्चा पाउँछ । प्रिन्सिपलले बोलाएर अर्को पटक भाग लिन दिने वचन दिन्छन् । अनि सानी खुशी हुन्छे । यसमा बालमनोविज्ञानलाई राम्रोगरी केलाइएको छ ।’

एलेक्सले पनि कथा आफूलाई निकै मन परेको बताए । ‘मेरो स्कुलमा जान्ने र नजान्नेबीच कुनै भेदभाव छैन,’ उनले टिप्पणी गरे तर अरु स्कुलमा यो समस्या रहेछ । अब यस्तो भेदभाव नगर्नु होला । सबैलाई समान अवसर दिनु होला ।’ बालसाहित्यकार तथा पत्रकार नेत्र तामाङले पहिलो कथा भएपनि शसक्त रहेको प्रतिक्रिया दिए । ‘यो मेरै कथा जस्तो लाग्यो,’ तामाङले भने, ‘शिक्षकले साना साना कुरामा ध्यान नदिंदा बालबालिकाले मनोवैज्ञानिक असर व्यहोर्नु परेको छ । यो कथाले मेरो मन छोयो ।’ 

अर्का बालसाहित्यकार श्रीराम राईले आफू पनि बालसाहित्य लेख्ने भएकाले न्यौपानेको कृति इर्स्यालाग्दो भएको प्रतिक्रिया दिए । ‘विद्यालयमा जान्ने विद्यार्थीलाई मात्र प्राथमिकता दिइने जीवन्त समस्यालाई पुस्तकमा उठाइएको छ,’ राईले भने, ‘अरु विद्यार्थी पनि सवल हुन्छन् भन्ने देखाइएको छ । कथामा हुहु पर्ने सबै तत्व छन् । द्वन्द्व पनि शसक्त रुपमा देखाइएको छ ।’

लेखक न्यौपानेले बालबालिकालाई हेर्ने हाम्रो दृष्टिकोण र व्यवहार गर्ने तरिका बदल्नु पर्छ भन्ने अभियान अन्तरगत यो पुस्तक आएको बताए । उनको यस अघि एमबुसमा ६ वर्ष र कर्म : सिकाइमा गहिरिएको खाडल सार्वजनिक भएका छन् । पुस्तक स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।

प्रकाशित : भाद्र २९, २०७४ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?