१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

नेपथ्यको अर्को म्युजिक भिडियो

काठमाडौं — नेपथ्य ब्यान्डले नयाँ म्युजिक भिडियो ल्याएको छ । ब्यान्डले नवौं एल्बम ‘ऐनाझयाल’ मा समाविष्ट ‘मै मरी जाउँला...’ गीतको भिडियो सार्वजनिक गरेको हो ।

 नेपथ्यको अर्को म्युजिक भिडियो

लाङटाङ भेगतिरको लोकभाकामा आधारित तामाङ सेलो शैलीको उक्त गीतमा वैदेशिक रोजगारीमा गएकाहरूको वेदना समेटिएको छ ।
‘भेडाको ऊनजस्तो’ खोजी गरेकै ठाउँबाट यो भाका टिपेको नेपथ्यले जनाएको छ । यसको म्युजिक भिडियोलाई ‘सिम्पल लिरिकल भिडियो’ का हिसाबले तयार पारिएको छ । ‘हामीले हरेक एल्बममा औसत दस गीत राख्दै आएका छौं,’ नेपथ्य गायक अमृत गुरुङ भन्छन्, ‘तीमध्ये एकाध मात्र लोकप्रिय हुन्छन्, बाँकी ओझेलमा पर्छन् । अहिले यो म्युजिक भिडियो आएकोमा खुसी लागेको छ ।’

प्रकाशित : भाद्र ३०, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?