वेश्या– पुरूष

कविता
दिनेश अधिकारी

ऊ आफू टन्न मासु–भात खान्छ र, नवविवाहित भन्न मिल्ने स्वास्नीले धेरैजसो दाल– भातमै चित्त बुझाउनुपर्छ

ऊ आफू टन्न मासु–भात खान्छ

र, नवविवाहित भन्न मिल्ने स्वास्नीले
धेरैजसो दाल– भातमै चित्त बुझाउनुपर्छ

Yamaha

आकर्षक बनाउनु छ उसलाई आफ्नो शरीर
बिहान सधौ व्यायाम गर्छ
र, व्यायामपछि
दूधसाग काजु–बदाम खान्छ
दाह्री बनाउाछ, नुहाउाछ
कहाा जान्छ ऊ दिनभरि
स्वास्नीलाई केही भन्दैन
शरीरभरि पफ्र्युम छर्केर
फुर्तीका साथ बाहिर निस्कन्छ

डेरामा बसेको छ सहरमा
र, सहरजस्तै मोबाइलमा व्यस्त रहन्छ
भर्खर–भर्खरै
एउटा सेकेन्डह्यान्ड मोटरसाइकल किनेको छ
र, आफूलाई जस्तै
त्यसलाई पनि पुछ्पाछ गरेर सधैं ठीकठाक राख्छ
अपवादलाई छोडेर भन्ने हो भने
ऊ, सधैं घाम डुब्नुअगाडि नै
टुप्लुक्क डेरामा आइपुग्छ
उसैलाई मात्र थाहा छ—
व्यस्ततामा दिन बिते पनि ऊ गलेकै हुन्छ
व्यस्त हुन पाएन भने पनि ऊ गलेकै हुन्छ

उसले बुझेको छ—
निद्रा खल्बलियो भने शरीरको फुर्ती हराउाछ
ऊ सधैं फुर्तिलो रहन चाहन्छ
र, प्राय:जसो
छिमेकी कोठाको ग्यास–चुह्लोभन्दा अगाडि नै निदाउने गर्छ
पुरूष– उत्तेजनासाग खेल्न चाहन्छे
जब कुनै रात उसकी स्वास्नी
ऊ अप्ठ्यारोमा पर्छ
र, कुनै बाहना गरेर
उसलाई आफूबाट पन्छाउने प्रयत्न गर्छ
भनोस् पनि कसरी उसले आफ्नो मनको कुरा ?
स्वास्नीले खोजेको त्यो पुरूष– उत्तेजना
भोलि—
भनेकै समय र ठाउामा
उसले—
केही धनाढ्य म्यामहरुको सेवामा चढाउनुपर्छ

यसरी एउटा वेश्या– पुरूष
स्वास्नीका लागि सधैं नपुंशक बााच्छ
र, निकम्मा एउटा सरकारलाई
बेरोजगारीको समस्या समाधान गर्न
छाती फुलाएर यसरी सघाउने गर्छ ! !

Esewa Pasal

प्रकाशित : भाद्र ३१, २०७४ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘परिवर्तन भइनँ भने झन् ओरालो लाग्नेछु’

गोकर्ण गौतम

‘लुट’ फिल्मबाट निश्चल बस्नेतले नेपाली फिल्मलाई एउटा दिशा दिए, खासगरी मौलिकता आत्मसात् गर्ने मामलामा । तर यो ५ वर्षको बीचमा निश्चल आफैं दीशाहीन हुँदै गएको संकेत देखापरिरहेको छ ।

लेखक/निर्देशकबाट हिरो, मोडल, गायक हुँदै आइटम डान्सर बनेका निश्चलसँग गरिएको कुराकानी : 

 

‘लुट’ पछिको आफ्नो करिअर कसरी विश्लेषण गर्नुहुन्छ ?
बम्पर स्टार झर्दै–झर्दै गइरहेको जस्तो लाग्छ । ‘टलकजंग भर्सेज टुल्के’ मैले लेख्न नसक्ने जनराको थिएन, त्यसैले आर्टिस्टिक रूपमा हेर्न चाहेको फिल्मलाई कमर्सियल भ्यालुमा भन्न खोजें । केही हदसम्म सफल भइयो, केही आफैंलाई चित्त बुझेन । सिक्वेललाई न्याय गर्ने चक्करमा पात्रलाई मात्र न्याय गर्दा ‘लुट २’ झन् बिग्रियो । खासमा म दिलोज्यान दिएर लागेकै छु तर आउटपुट घटेको–घट्यै छ । सही र गलत छुट्याउन नसकेको महसुस हुन थालेको छ । ‘२ रुपैयाँ’ खेलेर चाहिं कुनै पछुतो लागेको छैन । 

 यसको मतलब हामीले तपाईंको क्षमताभन्दा बढी अपेक्षा राखेछौं ? 
‘लुट’ त्यतिबिघ्न सफल हुँदा आफैं छक्क परेको थिएँ किनभने दर्शकबाट तीन वर्षमै निर्देशक बनेको थिएँ । त्यसबीचमा जे सिकें, जस्तो कथा भन्न चाहेको थिएँ, त्यही भनें । ‘लुट’ यस्तो बेला आयो, जति बेला फिल्मलाई त्यसरी हेरिएकै थिएन । लुटपछि तपाईं–हामीले खोजेका जस्ता फिल्म धेरै आए । सबैले नयाँ तरिकाले काम गरिरहेका छन् । अर्गानिक केलाई भन्ने, प्रश्न उठेको छ । म आफैं अलमलमा परेको छु । 

त्यति बेला कोही प्रतिस्पर्धी थिएनन्, थोरै फरक काम गर्दा पनि ‘मार्क’ हुनुभयो । अहिले प्रतिस्पर्धा ज्यादा छ, त्यसैले दर्शकको मन जित्न गाह्रो परिररहेको छ भन्न खोज्नुभएको हो ? 
त्यस्तो त होइन । ‘लुट’ मैले चाहेको फिल्म थियो, जसलाई आममान्छेले रुचाए । त्यसपछि चाहिं त्यो ‘रिदम’ मिलेन । 

तपाईं त ‘स्टार डाइरेक्टर’ पर्नुभयो । जे गरे पनि बिक्छ, चर्चा पाउँछ । सायद यही कारण लेखक/निर्देशकबाट हिरो, मोडल, आइटम डान्सरदेखि गायकसम्म बन्नुभयो । ‘क्रेज क्यास’ गर्ने हतारो हो ? 
देख्दा त त्यस्तै देखिन्छ । तर यथार्थमा, म बारम्बार प्रयोग भइरहेको छु । कुनै चलिरहेको एक्टरभन्दा बढी त मेरो केमियो नै छ । कसैलाई सहयोग हुन्छ भनेर गरेको हो मैले । गीत गाउनेचाहिं मेरो भित्रैदेखिको चाहना थियो । त्यसबाहेक न आइटम डान्सर बन्ने चाह थियो, न 
एक्टर नै । 


‘मल्टी–ट्यालेन्टेड’ देखिने लालसा हैन र यो ? 
मैले आफूलाई बचाउ गरेर त साध्य छैन । सबथोक गरेको छ तर इच्छा थिएन भन्यो भने कसले पत्याउँछ ? बरु आजभोलि लाग्न थालेको छ, अब म परिवर्तन हुनु जरुरी छ । कसैले मलाई फिल्म गराउन खोज्छ भने गहन कारण खोज्नुपर्छ । कुनै उद्देश्यका लागि मात्र फिल्म गर्छु । जतिलाई सहयोग गर्नुपर्ने थियो, गरियो । अब गरिन्न । 
 
भनेपछि तपाईं आफैंलाई पनि मैले जे गर्दा पनि चर्चा हुन्छ, व्यापारमा फाइदा पुग्छ भन्नेचाहिं लाग्छ ? 
नरेन्द्र महर्जन (वितरक) दाइले ‘२ रुपैयाँ’ रिलिज हुने बेला ‘तिमी भएपछि फिल्मले बम्पर ओपनिङ हुन्छ’ भन्नुभयो । मैले ‘यसको मतलब छैन’ भनिदिएँ । म यतातिर सोच्दै सोच्दिनँ । 

तर मेरो प्रश्नचाहिं त्यही लहडको पछाडि लाग्नुभयो भन्ने हो ?
अहँ होइन । लुटले गर्दा ‘गुडविल’ कमाएको छु, त्यसकै ब्याजले मात्र कहिलेसम्म टिक्छ भन्नेचाहिं लाग्न थालेको छ । जबकि मैले हरेक फिल्म आफूलाई प्रमाणित गर्ने बनाउनुपथ्र्यो । 

जे होस्, कामको गुणस्तरभन्दा पैसामुखी हुनुभएको चाहिं पक्कै हो ? 
मैले जति फिल्म खेलेको छु, नाचेको छु, गाएको छु । तीमध्ये ‘काले दाइ...’ बाहेक अरूबाट एक रुपैयाँ लिएको छैन । कति पैसा कमाएको हुँला, आफैं बुझ्नुस् । अहिले आएर यो कुरा किन भनिरहेको छु भने अब मैले औसत गायक, हिरो वा डान्सरले भन्दा धेरै पारिश्रमिक माग्नुपर्छ । ताकि यस्तो अफर लिएरै नआऊन् । 

हाकु काले, गोफ्लेजस्ता गहकिला पात्र जन्माउने निर्देशकले ‘२ रुपैयाँ’ मा सतही पात्र चयन गर्नुभयो भनेर धेरैले चित्त दुखाएका छन् नि ? 
निर्देशकको रूपमा कलाकार र पात्रलाई दिशा दिन सकिन्छ तर आफैं गर्न सकिन्न । म आफैं हाकु काले बन्न सक्थें होला त ? ट्राफिक प्रहरीलाई सवारी नियम थाहा हुन्छ तर उसले गाडी चलायो भने दुर्घटना हुँदैन भन्ने ग्यारेन्टी हुन्न ।
 
‘लुट’ मा अर्गानिक कन्टेन्ट मनोरञ्जनात्मक शैलीमा देखाउनुभएको थियो तर तपाईं जोडिएका पछिल्ला फिल्ममा मसला हाबी हुँदै गएको त सत्य हो नि ?
मैले भनिसकें, मेरो शक्ति बढ्नुपर्नेमा घटिरहेको छ । म आफैंलाई आफ्नो काम चित्त बुझेको छैन, अरूलाई के भन्नु र ? 

यत्ति आत्मबोध भएको निर्देशकले हरेक फिल्ममा आइटम डान्स राख्नु उचित हुन्छ त ?
एउटा कुरा भनिदिनुस्, आइटम भन्दा उपयुक्त प्रचारको माध्यम के छ हाम्रो सन्दर्भमा ? मेरा लागि फिल्म सिर्जना मात्र होइन, फिल्मसँग जोडिएको व्यापारलाई बेवास्ता गर्नै सक्दिनँ । त्यसैले आइटम अनिवार्य लाग्छ । त्यसो त पछि आफ्नै पैसा हालेर वैचारिक रूपमा सोच्न बाध्य हुने फिल्म पनि बनाउँछु तर अरूको लगानीमा आफ्नो बौद्धिकताको परीक्षण गर्दिनँ । अहिले नै त्यस्तो गहन फिल्म प्रयास गरें भने अझ फन्टुस हुन्छु, गर्नै सक्दिनँ । 
 
त्यसो भए अहिलेको ध्येयचाहिं ‘एनिहाउ दुई घण्टा कटाऊ’ मार्काको फिल्म बनाउने ? 
त्यसोभन्दा पनि यहींको कथा भनेर यहींका जनतालाई हलसम्म तान्ने प्रयास गर्छु । विदेशी फेस्टिभलमा जाने फिल्म बनाउँदिनँ । मेरा फिल्ममा प्रत्यक्ष सन्देश 
केही हुन्न । 
 
‘लुट’ बाटै उदाएका दयाहाङ राई र सौगात मल्ल पनि ’ट्र्याक’ बाहिर छन् । यसको अपजस पनि कहीं न कहीं तपाईंको थाप्लोमा पर्छ । उहाँहरूको कामलाई कसरी लिनुभएको छ ? 
चित्त बुझेको छैन । सौगात दाइ स्क्रिप्टमा आफ्नो पात्र मात्र हेर्नुहुन्छ, उहाँले कहिलेदेखि पूरै स्क्रिप्ट हेर्ने हो ? दयाहाङ दाइले ‘लुट’ मा जति गर्नुभएको थियो, त्यसपछि अलि–अलि मात्र फरक गर्नुभएको छ । नत्र उही हो । उहाँहरूभन्दा प्रतिभाशाली अभिनेता आए भने मात्र उहाँहरू सचेत हुनुहुनेछ । त्यसो त 
हरेक मान्छेलाई आफ्नो व्यक्तिगत जीवन चलाउनुपर्ने हुन्छ । पेट खाली भएर कलाकारिता निस्कँदैन पनि ।

प्रकाशित : भाद्र ३१, २०७४ ११:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT