कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विष्णुलाई लाइफटाइम

ललितपुर — नेपालभाषा संगीत क्षेत्रमा निरन्तर योगदान दिँदै आएका संगीतकार विष्णु जल्मीलाई यस वर्षको पेजथ्री लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्डको तेश्रो संस्करणमा ३३ विधाका उत्कृष्टलाई पुरस्कृत गरिएको छ ।

 विष्णुलाई लाइफटाइम

नेपालभाषाको पहिलो रंगीन पाक्षिक पत्रिका पेजथ्रीद्वारा आयोजित समारोहमा उत्कृष्ट गायनमा महिलातर्फ ‘खालिगु भ्वातय्’ गीतका लागि दीपा महर्जन तथा पुरुषतर्फ ‘भिंगु कर्म याना:’ का लागि सानुबाबु महर्जनले अवार्ड पाए । संगीतकारमा जुगल डंगोल (म्हिग: चान्हय्) र संगीत संयोजकमा भुपेन्द्र बज्राचार्यले अवार्ड थापे । गीतमा नातिबज्र बज्राचार्यको ‘छंगु माया’ उत्कृष्ट ठहरियो ।

युगल गीत तर्फ ‘लिक्क च्वना:’ बाट शिवराज जोशी र रत्नशोभा महर्जन उत्कृष्ट भए । एल्बममा पूर्णकाजी ज्यापुको ‘ऋतुया लसं पिज्व:गु स:’ ले अवार्ड पायो ।


म्युजिक भिडियोअन्तर्गत रजनी खडगी र सुरज व्यन्जनकार उत्कृष्ट मोडल दरिए । उत्कृष्ट कोरीयोग्राफरको अवार्ड सुनिता राजभण्डारीले पाइन् भने निर्देशनमा राजन शाहिले बाजी मारे । क्यामेरापर्सनमा शैलेस डंगोल र सम्पादनमा बालकृष्ण वंशीले अरूलाई उछिने । रुपेन्द्र श्रेष्ठको ‘मुसुमुसु न्हिला: छं’ ले उत्कृष्ट म्युजिक भिडियोको अवार्ड जित्यो ।

नेपाल संवत् ११३३ देखि ११३७ सम्म सार्वजनिक भएका गीत, एल्बम, म्युजिक भिडियो र फिल्महरूलाई छनोट गरिएकामा फिल्मतर्फ ‘तिन तिक: महा:बिक:’ ले धेरै अवार्ड पायो । त्यसले उत्कृष्ट फिल्म, दृश्य सम्पादन र क्यामेरापर्सन (सोहन मानन्धर), ओरिजिनल साउन्डट्रयाक, अभिनेता (रुपेन्द्र थक्वा:), नवप्रतिभाहरू (निकी महर्जन र योगेन महर्जन) को अवार्ड जित्यो ।

स्क्रीनप्लेतर्फ सुरेन्द्र तुलाधर (अंश), संवादमा आर्यम नक:मि (तुयूमति), द्वन्द्व निर्देशकमा राजेन्द्र खड्गी (अंश), बालकलाकारमा नस्वा: जोशी (थ्व ला ग्यान्पु स्टाइल) र कोरयिोग्राफरमा भुवन श्रेष्ठ (अंश) उत्कृष्ट घोषित भए । 

निर्देशनमा आर्यम नक:मि (तुयूमति), अभिनेत्रीमा भिन्तुना जोशी (मू मदुगु जिन्दगी), सहअभिनेतामा श्यामसुन्दर शिल्पकार (तिमिला), सहअभिनेत्रीमा रोजिना सुवाल (थ्व ला ग्यान्पु स्टाइल), हास्य कलाकारमा सविन शाक्य (तुयूमति), खलनायकमा मानकृष्ण बावा (थ्व ला ग्यान्पु स्टाइल) ले अवार्ड प्राप्त गरे ।

 

प्रकाशित : आश्विन ९, २०७४ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?