कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुनीललाई मेलोडी

लेखनाथ — कन्दरा ब्यान्डको लोकप्रिय पप गीत ‘हङकङ पोखरा’ का संगीतकार सुनील थापा मेलोडी अवार्डबाट सम्मानित भएका छन् । पोखराको मेलोडी क्याफेले तेस्रो वार्षिकोत्सव अवसरमा उनलाई पुरस्कृत गरेको हो ।

 सुनीललाई मेलोडी


कवि तीर्थ श्रेष्ठ, क्याफेका सञ्चालक एवं कलाकार विनोद बानिया लगायतले सुनिललाई २५ हजार ५ सय रुपैयाँ रहेको अवार्ड प्रदान गरे । सुनील सम्मानित हुनु भनेको इमानदारीपूर्वक संगीत साधनामा लाग्ने सबै जना सम्मानित हुनु बराबर भएको उल्लेख गर्दै थपे, ‘मान्छेले मन्दिरको गजुरलाई हेर्छन् र जग बिर्सन्छन् ।’
सुनीलले आफ्नो सफलताको श्रेय आमालाई दिँदै भने, ‘आमाले दु:ख र चोट नपाउनुभएको भए म अहिले यो ठाउँमा हुने थिइनँ । मैले पाएको पुरस्कारको रकम आर्थिक अभावका कारण ओझेलमा परेका प्रतिभाका लागि खर्च गर्छु ।’
कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठले सुनिलमा अथाह प्रतिभा रहेको बताए । कन्दराकै मुख्य संगीतकार सुनीलबारे उनले भने, ‘सुनील कुशल गीतकार, गायक, अभिनेता र संगीतकार हुन् । सुनीलको संगीत तथा रचना गरिएका गीतका कारण नै कन्दरा समूह र विवेक श्रेष्ठको परिचय बन्न सकेको हो ।’
गायकसमेत रहेका विनोदले लामो समयदेखि पोखरामै रहेर देशकै लागि उत्कृष्ट संगीतमार्फत गीत चर्चित बनाउने व्यक्तिलाई सम्मान गर्न पाउँदाको खुसी साझा गरे ।
२०४५ मा पिस ह्यान्की क्लबमा आवद्ध भएर संगीतकर्मीको रूपमा पाइला चालेका सुनिल २०४८ मा कन्दरामा आवद्ध भएका थिए । उनी स्थापनाकालदेखि नै कन्दरामै मुख्य संगीतकारका रूपमा छन् । लोकपप, लोक आधुनिक, फिल्मी गरी हालसम्म झन्डै ३ सय गीतमा संगीत भरिसकेका उनका सात एल्बम बजारमा आएका छन् । उनको संगीत संयोजनमा निस्केका ‘तिमी पारी त्यो गाउँमा...’, ‘हङकङ पोखरा...’, ‘लेककी हे माया...’, ‘क्या राम्रो स्याउ बारी...’, ‘तगारोमा रुमाल राखी...’ जस्ता गीत
लोकप्रिय छन् ।

प्रकाशित : आश्विन ९, २०७४ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?