१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘बाबुकान्छा’ को गीत

संगीत
कान्तिपुर संवाददाता

काठमाडौं — ‘बाबुकान्छा’ फिल्मको गीत सार्वजनिक गरिएको छ । ‘चन्द्रमाझैं राम्री...’ बोलको उक्त गीतको भिडियोमा फिल्मकै कलाकारहरू सलोन बस्नेत, करिश्मा श्रेष्ठ, ऋतिक शाही, एसलिन ज्ञवाली, ज्योत्सना महर्जनलगायतले नृत्य गरेका छन् ।

‘बाबुकान्छा’ को गीत

उक्त गीत शोभित बस्नेत निर्देशित फिल्म ‘कर्णवीर’ मा समावेश गीतको रिमिक्स भर्सन हो । बस्नेत ‘बाबुकान्छा’ का पनि निर्देशक हुन् । सलोन बस्नेत, मेलिना राई र ओम सुनारको स्वर रहेको गीतको रिमिक्स भर्सन पनि ओम सुनारले तयार पारेका हुन् ।

क्लब डान्सका रूपमा प्रस्तुत गरिएको उक्त गीतलाई नयाँ पुस्ताले रुचाउने आशा गरिएको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै सलोन बस्नेतले ‘बाबुकान्छा’ माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए । ‘चन्द्रमाझैं राम्री...’ को क्लब डान्सको कोरियोग्राफी दीपेन्द्र तिमल्सिनाले तयार पारेका हुन् । फिल्ममा सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।
निर्देशक बस्नेतकै लेखन तथा निर्माण रहेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ ।

प्रकाशित : आश्विन १०, २०७४ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?