क्याम्पालाई लिब्जु–भुम्जु

कान्तिपुर संवाददाता

काठमाडौं — वाम्बुले (ओम्बुले) राई मातृभाषा साहित्यका निम्ति समर्पित ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि अप्सन क्याम्पा राईलाई प्रदान गरिने भएको छ ।

यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिँदै आएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

२०५० सालदेखि प्रकाशित ‘लिब्जु–भुम्जु’ पत्रिका वर्ष २३ पूर्णाङ्क–६५ २०७३ मा प्रकाशित ‘च्याँमाखा’ (धरती) शीर्षक कवितालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको विज्ञप्तिमा छ । 
ओखलढुंगाका कवि राई एक दशकदेखि वाम्बुले मातृभाषा साहित्य सिर्जना गर्दै आएका छन् । मातृभाषा संरक्षण अभियानमा जुटेका स्रष्टाहरूका निम्ति प्रदान गरिने पुरस्कार नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले २०५५ मा स्थापना गरेका हुन् । दुई हजार राशिको पुरस्कार आउँदो मंसिर २० गते उदयपुरको कटारीमा हुने ‘१९औं वाम्बुले राई भाषाको कविता गोष्ठी’ दिइने सम्पादक गणेश राईले विज्ञप्तिमा जनाएका छन् । 

प्रकाशित : आश्विन १०, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?