कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

हरिभक्तका नाटक र गीत

कान्तिपुर संवाददाता

काठमाडौं — लेखक/गीतकार हरिभक्त बुढाथोकीको नाटक ‘वसन्त–कोपिला’ नयाँ ढबढाँचासहित आएको छ । नर विष्णुमाया–सनक भगवती स्मृति प्रतिष्ठानद्वारा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा. अभि सुवेदीलगायतले कृति लोकार्पण गरे ।

 हरिभक्तका नाटक र गीत


‘नाटकमा बुढाथोकीले तत्कालीन समाजको चित्र उतार्नुभएको छ,’ कुलपति उप्रेतीले भने, ‘२०१७ सालतिर उहाँले तेह्रथुमका गाउँगाउँमा आफैं यो पुस्तक बेच्दै हिँड्नुभएको थियो । मैले त्यति बेलै पढ्न पाएको थिएँ ।’ 

नाटकमा सरल, सहज, सुबोध र स्वाभाविक भाषिक विन्यास भएको डा. लुइँटेलले टिप्पणी गरे । ‘स्कुले जीवनमा रहेको विद्यार्थीले यतिको परिष्कृत र परिमार्जित भाषामा सिंगो नाटयकृति नै तयार गर्नुलाई महत्त्वपूर्ण मान्नुपर्छ,’ उनले भने, ‘यसमा उच्च वर्गका पात्रले निम्न वर्गका पात्रलाई निकै अपहेलित व्यवहार गरेको पनि देखाइएको छ ।’ उनले हरिभक्तलाई गोविन्दबहादुर मल्ल गोठाले र विजय मल्लका समकालीन नाटककारको रूपमा व्याख्या गरे । 

कार्यक्रममा प्रतिष्ठानले सय वर्षीया भौमकुमारी उपाध्याय र ९३ वर्षे हीरालाल डंगोललाई जनही १५ हजार रुपैयाँसहित सम्मान गर्‍यो ।

कार्यक्रममा हरिभक्त र जेसिका चेम्जोङका गीत समेटिएको ‘तिम्रा यादहरूमा’ एल्बमसमेत लोकार्पण गरियो । एल्बममा १० गीत छन्, तीमध्ये ८ वटा हरिभक्तका हुन् भने, दुइटा जेसिकाका । चेतन चुडाल, हरि लम्साल, हरि बल्लभ, रमेश खड्का, सुरेश अधिकारी, मनोजराजले संगीतबद्ध गरेका गीतमा शिशिर योगी, स्वरूपराज आचार्य, चेतन, रमेश, अञ्जु पन्त, बानिका प्रधान, मेलिना राई, सरिता प्रधान र निखिता थापाको स्वर सुन्न सकिन्छ । 

 

प्रकाशित : आश्विन २७, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?