२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

राष्ट्रकविलाई मनिराम वाङ्मय पुरस्कार

कान्तिपुर संवाददाता

धनगढी — राजधानी बाहिरको सबैभन्दा ठूलो साहित्यिक पुरस्कार राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने भएको छ ।


धनगढीमा गतवर्ष महाकाव्यकार मनिराम जोशीका छोरा गोविन्दराजले स्थापना गरेको १ लाख राशिको मनिराम वाङ्मय पुरस्कार पहिलो पटक राष्ट्रकविलाई प्रदान गर्ने निर्णय गरिएको नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलनमा बताइयो ।
‘पहिलो वर्ष नै राष्ट्रकविलाई पुरस्कार प्रदान गर्न पाउँदा प्रतिष्ठान गौरवान्वित भएको छ,’ प्रतिष्ठान अध्यक्ष साहित्यकार पदमराज जोशीले भने, ‘प्रा.डा. रामचन्द्र भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसअनुसार राष्ट्रकविलाई उहाँको जन्मशताब्दीका अवसरमा उक्त पुरस्कृत गर्ने भएका हौं ।’
गतवर्ष प्रतिष्ठानको संयोजनमा धनगढीमा गोविन्दराजले १० लाखको अक्षयकोष स्थापना
गरी हरेक वर्ष १ लाख रुपैयाँको पुरस्कार दिने निर्णय गरिएको थियो ।

प्रकाशित : आश्विन २७, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?