पूर्वमा ‘लाटीको छोरो’
काँकडभिट्टा — राजधानीमा प्रसंशा वटुलेको नाटक ‘लाटीको छोरो’ पूर्वका सहरहरूमा देखाइने भएको छ । विर्तामोडमा विहीवार पत्रकार सम्मेलनमार्फत पूर्वका विर्तामोड, झिलझिले, दमक, धरान, इटहरीलगायतका स्थानमा नाटक प्रदर्शन गरिने जनाइएको हो ।
राजधानीमा प्रसंशा वटुलेको नाटक ‘लाटीको छोरो’ पूर्वका सहरहरूमा देखाइने भएको छ ।
विर्तामोडमा विहीवार पत्रकार सम्मेलनमार्फत पूर्वका विर्तामोड, झिलझिले, दमक, धरान, इटहरीलगायतका स्थानमा नाटक प्रदर्शन गरिने जनाइएको हो । लेखक श्याम साहको कथा संग्रह ‘अव्वा’ को एउटा कथा लाटीको छोरोलाई रंगकर्मी शुलक्षण भारतीले नाट्य रुपान्तरण तथा निर्देशन गरेका छन् । उनले यसअघि ‘वोक्सीको घर’ र विलगेट्स पण्डित’वाट दर्शकको मन जितेका थिए ।
नाटकको प्रोडक्सन डिजाइनर तथा रंगकर्मी प्रकाश दाहालले विर्तामोडमा कात्तिक २५ देखि २९सम्म, झिलझिलेमा मंसिर १ र २ गते प्रदर्शनको टुंगो लागेको बताए । ‘दमक, इटहरी, धरानलगायतका सहरमा पनि नाटक प्रदर्शनको चाजो मिल्दैछ’, उनले भने ।
हेल्पिङ हेन्ड्स, क्षिजित नाट्य समुह, सैनिक युथ क्लव तथा कृपा नेपालले नाटक प्रदर्शनमा सहकार्य गरेका छन् । नाटकमा तराई मुलकी एउटा अवोल र वेवारिसे महिलाको कथालाई जोडेर नेपाली समाजको यथार्थ चित्रण गर्न खोजिएको छ । नाटकमा दिग्गज कलाकार टीका पहाडीले यही नाटकमार्फत २६ वर्षपछि रंगमञ्चमा अभिनय गरेका छन् ।
प्रकाशित : आश्विन २७, २०७४ ०९:३५