१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कथा संग्रह '१९ नम्बर' क्यानडामा सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौं — १०९ औा लक्ष्मी जयन्तिका अवसरमा अनमोलमणिको दोस्रो कथा संग्रह ‘१९ नम्बर’ क्यानडामा सार्वजनिक गरिएको छ ।

कथा संग्रह '१९ नम्बर' क्यानडामा सार्वजनिक

सामाजिक अगुवा तथा कथाकार गुरुप्रसाद मैनालीका नाति डा. अरविन्द मैनाली र लेखक यम घिमिरेले आइतबार अल्बर्टाको एडमन्टनमा आयोजित कार्यक्रममा संयुक्त रुपमा पुस्तक सार्वजानिक गरेका हुन् ।

सांग्रिला बुक्सले छापेको संग्रहमा ९ वटा कथा छन् ।

नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टन (नेकासे) र लिटरेरी क्लब अफ अल्बर्टाले आयोजना गरेको कार्यक्रममा डा. मैनालीले विदेशमा नेपाली भाषाको पुस्तक सार्वजानिक हुनु खुसीको कुरा भएको बताए ।

‘क्यानडा आएको बीसौं वर्षपछि किताब विमोचन गर्ने अवसर पाइएला भनेर मैले सोचेको थिइनँ’, उनले भने, ‘यसले हाम्रो भोलिको पुस्तालाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रतिको लगाव बढाउन सहयोग गर्ने छ भन्ने मलाई विश्वास छ ।’

पुस्तकबारे बोल्दै लेखक तथा समीक्षक घिमिरेले कथाले मान्छेका फरक परिवेश र अवस्थाको समवेदना समेटेको बताए । ‘कथामा हामी बाँचेको सामाजिक विसंगति र त्यसबाट सिर्जना भएका विभिन्न द्वन्द्व कलात्मक शैलीमा प्रस्तुत भएका छन्,’ उनले भने, ‘मध्यम वर्ग र उनीहरुको विदेश मोह, नारीमाथि हुने ज्यादती, माओवादी द्वन्द्व र त्यसले अपेक्षाहरुमा गरेको प्रहार, व्यक्तिको आप्रबासी बन्ने हुटहुटी लगायतका विषय उठाइएको छ ।’

उनले केही विषयवस्तु र भाषा शैलीमा परिमार्जन जरुरी रहेको, कति ठाउामा कथाहरु विवरणात्मक भएको टिप्पणी गरे ।

लेखक अनमोलमणिले प्रवासीबीच पुस्तकको चासोले आफू खुसी भएको बताउादै पाठकका हरेक टिप्पणीप्रति सजग हुँदै सिर्जनामा लाग्ने बताए ।

नेकासेका अध्यक्ष रामकृष्ण शर्माले समुदायलाई भाषा, साहित्य तथा संस्कृतिसित नजिक बनाउन नेपाली पुस्तकालय स्थापनाको तयारी थालेको जानकारी दिए ।

कार्यक्रममा गायक तथा संगीतकार इश्वर खत्रीले महाकवि लक्ष्मीप्रसाद देवकोटाका गीत गाएका थिए भने १ दर्जन स्रष्टाले महाकवि देवकोटाको सम्मानमा सिर्जना वाचन गरेका थिए ।

प्रकाशित : आश्विन ३०, २०७४ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?