कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

‘भुइयाँ’ विमर्श

कान्तिपुर संवाददाता

काँकडभिट्टा — झापाको बर्नेस्थित चियाबगानको सुन्दरताबीच लेखक यज्ञशको कृति ‘भुइयाँ’ माथि बुधबार अन्तरक्रिया गरियो । ‘यो गाउँका हामी सबै भुइयाँ नै हौं,’ कवि/लेखक मुनाराज शेर्मा बोले, ‘हामीजस्तै मान्छेहरूको संघर्षको कथा हो भुइयाँ ।’

‘भुइयाँ’ विमर्श

यज्ञश, मुनाराज र रिडर्स झापाका दामोदर ढुंगेल सहभागी विमर्शमा कवि नवीन प्राचीनले सहजीकरण गरे । यसको चाँजो मिलाएको थियो, नेपाल लिटरेरी ग्रुप दमकले । ‘औसत जीवनका लागि संघर्ष गर्ने पात्रहरूको कथा हो यो,’ यज्ञशले भने, ‘खासगरी मधेसमा महिला र जमिनको समस्या विकराल छ । भूमि समस्या मधेसका तमाम समस्यामध्ये धेरै गम्भीर हो ।’

ढुंगेलले भूमि व्यवस्थापनको एजेन्डालाई दलहरूले उछाल्ने तर गन्तव्यसम्म नपुर्‍याउने समस्या विद्यमान रहेको उल्लेख गरे ।

प्रकाशित : कार्तिक १०, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?