कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पन्त र गिरीसहित १५ सम्मानित

कान्तिपुर संवाददाता

हेटौंडा — मातृभूमि साहित्य समाज, मकवानपुरले १५ स्रष्टालाई पुरस्कृत गरेको छ । समाजले कवि धनराज गिरीलाई महालक्ष्मी–मातृभूमि साहित्य पुरस्कार र इतिहासकार प्राज्ञ दिनेशराज पन्तलाई मातृभूमि राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । दुवै पुरस्कारमा जनही २१ हजार रुपैयाँ र सम्मानपत्र छ ।

त्यस्तै, १२ हजार ५ सय रुपैयाँ रहेको ईश्वरी स्मृति–मातृभूमि पुरस्कार दाहाल यज्ञनिधिलाई प्रदान गरियो । १० हजार रुपैयाँ रहेको नित्य गोविन्द–मातृभूमि संगीत पुरस्कार मकवानपुरका संगीतकर्मी पुरणविक्रम अधिकारीलाई र ५ हजार रुपैयाँ राशिको हातेमालो–मातृभूमि सिर्जनशील सम्मान कवि इन्द्रजित चौलागाँईलाई दिइयो ।

जनही १५ हजार रुपैयाँ रहेको शेखर शर्मा रिजाल स्मृति–मातृभूमि पुरस्कार सरिना पराजुली र सुसन श्रेष्ठलाई दिइयो । १० हजार रुपैयाँ रहेको टंकेश्वरी स्मृति–मातृभूमि दलित विद्यार्थी प्रोत्साहन पुरस्कार जगतजंग लखन्द्री विकलाई दिइयो । तनहुँको महेश संन्यास गुरुकुललाई १० हजार रुपैयाँको क्षेत्रबहादुर स्मृति–मातृभूमि सम्मान तथा भने बाँकेका कवि खगेन्द्र गिरी कोपिलालाई १० हजार रुपैयाँको राजकुमार स्मृति मातृभूमि सम्मान दिइयो । ५ हजार रुपैयाँ रहेको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कारबाट पोखराका कवि तीर्थ श्रेष्ठ सम्मानित भए । सञ्चारकर्मी कृष्णराज परियारलाई ५ हजार रुपैयाँ रहेको केशवलाल स्मृति–मातृभूमि पत्रकारिता पुरस्कार र लेखक ज्ञानु अधिकारीलाई त्यति राशिको मायादेवी–मातृभूमि साहित्य पुरस्कार दिइयो ।

५ हजार नै रहेको होमनाथ बलदेवी–मातृभूमि छन्द साहित्य सम्मान राजेश्वरी काफ्लेले पाउँदा संरक्षणकर्मी चित्र गुरुङलाई कनक सिंह वातावरण र मातृभूमि सम्मान दिइयो । लेखक डा. तुलसी भट्टराई, समाज अध्यक्ष राजबाबु पहाडीले पुरस्कार हस्तान्तरण गरे ।

प्रकाशित : कार्तिक २०, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?