३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपाल भाषाका चार स्रष्टा सम्मानित

कान्तिपुर संवाददाता

भक्तपुर — संस्कृति संवद्र्धनका लागि युवा संस्थाले चित्लाङका संस्कृतिविद् शान्तलाल गमाल, फिल्म निर्देशक आर्यम नकर्मी, पत्रकार उदयबहादुर अमात्य र सुरेश किरणलाई सम्मान गरेको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा ओम नरहरि श्रेष्ठ, केशरत्न श्रेष्ठ, पुष्परत्न तुलाधर, तेजरत्न शाक्य, भरत शमशेर लगायतले नेपाल भाषामा हास्यव्यंग्य रचना वाचन गरे । वरिष्ठ कलाकार श्रेष्ठसँगै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, संस्थाका संरक्षक गणेशराम लाछीले मौलिक भाषा, साहित्य र कलाको संरक्षणमा जोड दिए ।

प्रकाशित : कार्तिक २०, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?