कमललाई जोगमाया गजल

कान्तिपुर संवाददाता

काठमाडौं — जोगमाया चापागाईं गजल पुरस्कार युवा गजलकार कमल संघर्षलाई प्रदान गरिएको छ । हरेक वर्ष जोगमाया चापागाईं प्रतिष्ठानले प्रदान गर्दै आएको २५ हजार रुपैयाँसहितको पुरस्कार शनिबार वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले संघर्षलाई हस्तान्तरण गरे ।

कार्यक्रममा कमलले एक दर्जनजति गजल सुनाएका थिए । 

 

प्रकाशित : कार्तिक २०, २०७४ ०८:११
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

असीम पहिलो

कान्तिपुर संवाददाता

धरान — कवि विमल गुरुङको ४३ औं जन्मजयन्ती तथा विमल स्मृति पुस्तकालयको २७ औं वार्षिकोत्सव पारेर आइतबार आयोजित राष्ट्रिय कविता प्रतियोगितामा असीम सागर पहिलो भएका छन् । ‘चक्र’ शीर्षक कविता अर्घाखाँचीका कविलाई २० हजार रुपैयाँ रहेको पुरस्कार दिलायो ।


धरान–१८ बुद्धचोकस्थित पुस्तकालयमा आयोजित प्रतियोगितामा तनहुँका प्रकाश रम्घाली दोस्रो भए र १५ हजार रुपैयाँ पाए । मोरङका मनोज मुस्किलले तेस्रो भएर १० हजार रुपैयाँ जिते । प्रतियोगिताका निर्णायकमा कवि मनु मन्जिल र बद्री भिखारी थिए । विजेता कविहरूलाई वरिष्ठ कवि अनिल पौडेल, पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा कविद्वय बम देवान र मिश्र वैजयन्तीलाई अभिनन्दन गरियो ।

प्रकाशित : कार्तिक २०, २०७४ ०८:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT