कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कार्कीलाई चक्रपाणि स्मृति

कान्तिपुर संवाददाता

भक्तपुर — यस वर्षको चक्रपाणि स्मृति पुरस्कार वरिष्ठ गीतकार, संस्कृतिविद् एवं फिल्मकर्मी चेतन कार्कीलाई प्रदान गरिएको छ । चक्रपाणि चालिसेको १३५ औँ जन्मजयन्तीका उपलक्ष्यमा भक्तपुरको कटुञ्जेमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग:ले कार्कीलाई १० हजार रुपैयाँसहित सम्मानपत्र हस्तान्तरण गरे ।

कार्कीलाई चक्रपाणि स्मृति

छ दशक लामो लोक तथा आधुनिक साहित्यको सेवा र संस्कृतिको अध्ययन र लेखन गर्दै फिल्म निर्माण र निर्देशनमा समेत योगदान पुर्‍याएकाले कार्कीलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष प्रा. चूडामणि बन्धुले बताए । कार्कीको व्यक्तित्वबारे युवा साहित्यकार एवं कवि मुरारी सिग्देलले चर्चा गरे । कार्यक्रममा गायक अधिश्री कशपाल र सर्वश्री कसपालले कार्कीद्वारा लिखित बहुचर्चित गीत ‘कान्छी हे कान्छी...’ गाए ।

कवि/गीतकार सुवासचन्द्र ढुंगेल, वसन्त नकर्मी, निभा शाह, सन्तोष परियार, मुरारी सिग्देल, त्रिभुवनचन्द्र वाग्ले, नरेन्द्रकुमार नगरकोटी, पलपल दाहाल, अर्चना लुइँटेलका साथै विभिन्न विद्यालयका विद्यार्थीले आफ्ना रचना वाचन गरे ।

प्रकाशित : कार्तिक २१, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?