कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चित्रकारले दिए सहयोग

कान्तिपुर संवाददाता

कास्की — चित्रकारहरू चित्र प्रदर्शनीमा भएको बिक्रीबाट संकलित ६५ हजार रुपैयाँ बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेका छन् । सृजनशील कलाकार समूह कास्कीका संयोजक नगेनसिंह ठकुरीको नेतृत्वमा कलाकर्मीले रकम जम्मा गर्न विहीवार कास्कीका प्रजिअ तारानाथ अधिकारीलाई हस्तारण गरे ।

बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले गरिएको प्रदर्शनीमा २७ चित्र बिक्री भएका थिए । दुर्गा बराल, क्षेत्रलाल कायस्थ र संयोजक ठकुरीसँगै एक दर्जन कलाकर्मीका चित्र बिक्री भएको रकममध्ये ५० प्रतिशत समूहको कोषमा राखेर ५० प्रतिशत सरकारलाई हस्तान्तरण गरिएको समूहले जनाएको छ ।

प्रकाशित : कार्तिक २४, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?