२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चकटी बहसमा ‘भुइँया’

पुस्तक
कान्तिपुर संवाददाता

काठमाडौं — बुकाहोलिक्स ‘चकटी बहस’ को ४५ औं शृंखलामा यज्ञश लिखित भुइँया पुस्तकमाथि विमर्श गरिएको छ । विमर्शमा लेखक रिता शाह र अभियन्ता शिवहरि ज्ञवाली वक्ताको रूपमा थिए ।

चकटी बहसमा ‘भुइँया’

पिँधमा रहेका महिलाको संघर्ष कथाहरू पुरुषको आँखाबाट महिलावादी दृष्टिकोणबाट पुस्तकमा लेखिएको शाहले बताइन् । ‘पुस्तकमा समावेशी तरिकाले पात्रहरू र भूगोलको छनोट गरेको छ,’ उनले भने, ‘पात्रहरू विद्रोह गरेर आएको छ । उनीहरूको संघर्ष कथा मात्रै नभई सामाजिक, आर्थिक र शैक्षिक पक्षहरू उठाएको छ ।’

पुस्तकमा गोद्ना (टयाटु) बारेमा गहन रूपमा लेखिएको र यसबारे अन्यले पनि थप अध्ययन गर्नुपर्नेमा उनले जोड दिइन् । ज्ञवालीले भुइँयालाई ‘नेपाली समाजको पिँधमा रहेको मानिसले गरेको दु:ख र सामान्य प्रतिरोधको कथासंग्रह’ व्याख्या गरे । नेपालको समाज र मानव अधिकारको विषयमा बुझ्नका लागि भुइँया पढ्नुपर्ने उनले सुनाए । पुस्तकमा पात्रहरू भूमिहीनहरू कसरी बनाइए भन्ने कुराहरू पनि समेटिएको भए राम्रो हुने उनले बताए ।

आन्दोलनको बारेमा लेखिँदा समुदायलाई प्रवद्र्धन गर्नुको सट्टा झनै आत्मसम्मानमा ठेस पुग्छ कि भन्नेमा लेखक सचेत हुनुपर्ने उनले सुनाए । बहसको सञ्चारकर्मी प्रभाकर गौतमले सहजीकरण गरेका थिए ।

प्रकाशित : कार्तिक २६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?