२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विष्णुप्रसादको स्मृति

शैली संक्षेप
कान्तिपुर संवाददाता

काठमाडौं — पूर्वउपसचिव विष्णुप्रसाद गौलीको स्मृतिमा पुस्तक आएको छ । गौलीपत्नी सीताले प्रकाशन गरेको ग्रन्थमा पूर्वसचिव खेमराज नेपाल, जेनेभास्थित नेपाली राजदूत दीपक धिताल, वीर अस्पतालका विशेषज्ञ प्रा. विष्णुदत्त पौडेल, डा. बमबहादुर जितालीलगायत दुई दर्जनले गौलीसँगको स्मृति लेखेका छन् ।

गौलीको कार्यसम्पादनको स्तर, इमानदारी, बोलीचालीको स्तर र साथीभाइसँगको सहज घुलमिल हुने चारित्रिक गुण देखेर प्रभावित भएको नेपालले लेखेका छन् । गौलीको उपचारका क्रममै मित्रता विकसित भएको वीर अस्पतालका पौडेलले लेखेका छन् । जीवनको अप्ठ्यारो अवस्थामा भए पनि हँसिलो रहने र उपचारका क्रममा सिकिस्त हुँदा समेत गुनासो नगर्ने बानीले प्रभाव परेको पौडेलले ग्रन्थमा पोखेका छन् ।

प्रकाशित : कार्तिक २७, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?