कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘सम्बन्धमा हिसाबकिताब लुकाउनु हुन्न’

पुस्तक
कान्तिपुर संवाददाता

लेखनाथ, कास्की — सम्बन्धलाई टिकाइराख्ने तत्त्व के हो ? पतिपत्नीबीच सम्बन्ध सुमधुर राखिराख्ने रसायन के हो ? दर्शकदीर्घाबाट आएको प्रश्नको उत्तरमा मञ्चबाट मदनकृष्ण श्रेष्ठ बोले, ‘हिसाबकिताब सही हुनुपर्‍यो ।’

‘सम्बन्धमा हिसाबकिताब लुकाउनु हुन्न’

एक–अर्काबीच माया दर्साउने, राम्रा कुराको प्रशंसा गर्ने, विश्वास कायम राख्ने जस्ता कुराले उनको नजरमा सम्बन्ध प्रगाढ बन्छ । ‘पतिपत्नीबीच हिसाबकिताब लुकाउनु हुँदैन,’ शनिबार पोखरामा उनले भने, ‘हरिवंश र मेरो सम्बन्ध टिकेको पनि हिसाबकिताब स्पष्ट भएर हो ।’ आत्मकथा ‘महको म’ माथि र्‍यान्डम रिडर्स सोसाइटीले गरेको अन्तक्र्रियामा उनले किताबका कैयौं प्रसंग केलाए । ६ वर्षअघि आत्मकथा लेख्न सुरु गरेको, १५ च्याप्टर लेखिसक्दा श्रीमतीलाई क्यान्सर भएको थाहा पाएपछि २ वर्ष लेख्न रोकेर फेरि सुरु गरेको प्रसंग उनले सुनाए । बैदामको एउटा होटलमा जम्मा भएका पोखरेलीलाई उनले घरी हँसाए, घरी रुवाए । हरिवंशसँगका प्राय: प्रसंगमा भने पोखरेलीले हाँसो थाम्न सकेनन् ।

हरिवंशले ‘चिना हराएको मान्छे’ लेखेको आफूले थाहै नपाएको प्रसंग सुनाउँदा हल हाँसोले गुञ्जायमान भयो । अन्तर्क्रियाका सहजकर्ता दीपेन्द्र श्रेष्ठले मदनकृष्णलाई ‘विद्रोहले जन्माएको कलाकार’ को संज्ञा दिए । र्‍यान्डमले मासिक रूपमा महिनाको अन्तिम शनिबार गर्ने पुस्तक परिचर्चा कार्यक्रमकै शृंखलाअन्तर्गत कार्यक्रम गरेको अध्यक्ष केशवशरण लामिछानेले जनाए ।

प्रकाशित : कार्तिक २७, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?