चितवनमा ‘पाठशाला’

कान्तिपुर संवाददाता

चितवन — भरतपुरमा शनिबार तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’ बारे अन्तक्र्रिया गरियो । अक्षर समूह चितवनद्वारा ग्लोबल होटलमा आयोजित कार्यक्रममा स्रष्टाहरूको उपस्थिति बाक्लो थियो ।

समीक्षक उदय अधिकारीले ‘पाठशाला’ बाल मनोविज्ञानमा लेखिएको नेपाली साहित्यको सबैभन्दा सरल पुस्तक रहेको बताए । ‘पुस्तक राम्रो छ,’ उनले भने, ‘त्यसैले पठनीय छ ।’ अर्का समीक्षक लक्ष्मण श्रेष्ठले शैक्षिक गतिविधिका हिसाबले उक्त उपन्यास राम्रो स्रोत भएको टिप्पणी गरे ।

प्रकाशक बुकहिलका भूपेन्द्र खड्काले नेपाली शैक्षिक क्षेत्रमा कमै मात्र कृति प्रकाशित भएको बताए । “पाठशाला’ को पाण्डुलिपि पढेर धेरै शिक्षविद्ले छाप्नुपर्छ भनेर सुझाव दिएका थिए,’ उनले भने, ‘हामीले छाप्यौं । अहिले सबैतिर प्रशंसा भएको छ ।’

उपन्यासमा आफ्नो क्षमता देखाएको लेखक सफल रहेको कवि निमेष निखिलले बताए ।

अक्षर समूहका अध्यक्ष ईश्वर कँडेलले उपन्यास राम्रो भएको र लेखकले आफ्नो कथावस्तुलाई समेट्ने प्रयास गरेको बताए । लेखक गुरुङले उपन्यासमा अप्रत्यक्ष रूपमा आदिवासी जनजाति र दलित समुदायका विषयवस्तुलाई पनि समेट्ने प्रयास गरेको सुनाए ।

प्रकाशित : कार्तिक २७, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?