कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताको साहित्य पुरस्कार सिन्धुलियलाई

कान्तिपुर संवाददाता

अष्ट्रेलिया — अष्ट्रेलियाबाट नेपाली साहित्य सृजनामा लागिपरेका साहित्यकारलाई दिंदै आएको साताको साहित्य पुरस्कार यसबर्ष कवि प्रोल्लास सिन्धुलियलाई प्रदान गरिने भएको छ ।

साताको साहित्य पुरस्कार सिन्धुलियलाई

अष्ट्रेलियाको सिड्नीबाट प्रकाशित हुँदै आएको साताको साहित्य नामक संस्थाले यो पुरस्कार दिदै आएको छ । साताको साहित्य डटकममा एकबर्षसम्म छापिएका उत्कृष्ट रचनालाई यो पुरस्कार वितरण गर्ने गरिएको छ । संस्थाका सम्पादक निष्प्रभ सजीले एक बिज्ञप्ति जारी गर्दै २० हजार रुपैया र ताम्रपत्र सहितको यो पुरस्कार उनलाई प्रदान गरिने जनाएका हुन् ।

नेपाली साहित्यलाई योगदान पुरयाइरहेका साहित्यकारहरुलाई प्रोत्साहन दिन र नेपाली साहित्यको जर्गेनामा टेवा पुरयाउने उद्देश्यले ६ बर्षअघि पुरस्कारको स्थापना गरिएको सजीले बताए । एक बर्षसम्म छापिएका रचनाहरुबाट नविन प्यासीको ‘झुसिलकिरा’, सुशील सुब्बाको ‘आमा’ र सिन्धुलियको ‘एउटा प्रश्नपत्र’ उत्कृष्ट तीन रचनाका रुपमा छानिएका थिए । संजीव पाण्डे, सुजीत सिग्देल, महेन्द्र पौडेल र सजी समेत ४ जनाको निर्णायक मण्डलले उनको रचनालाई उत्कृष्ठ ठह्रयाएको हो ।

उक्त पुरस्कार यसअघि रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास, नवराज पराजुली र बोनम प्रतापलाई प्रदान गरिसकिएको छ ।

प्रकाशित : कार्तिक २७, २०७४ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?