२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

उत्कृष्ट पुस्तकलाई ५१ हजारको विमल स्मृति

कान्तिपुर संवाददाता

धरान — कवि विमल गुरुङ स्मृति पुस्तकालयले वर्षभरिमा प्रकाशितमध्ये उत्कृष्ट पुस्तकलाई ५१ हजार रुपैयाँसहित पुरस्कृत गर्ने भएको छ । उक्त पुरस्कार प्रत्येक वर्ष वैशाख २४ गते कवि विमल गुरुङको स्मृति दिवस पारेर प्रदान गरिनेछ ।

पुस्तकालय सञ्चालक समितिका अनुसार, पुस्तक साहित्य, कला संस्कृति, खोज अनुसन्धानमध्ये जुनसुकै विधाको हुन सक्नेछ । प्रकाशक, लेखक तथा साहित्यकारहरूलाई आगामी चैत अन्तिम सातासम्म प्रकाशन हुने पुस्तकका ३ प्रति पुस्तकालयमा पठाउन आह्वान गरेको सञ्चालक समिति सचिव चेवन राईले जानकारी दिए । 

पुस्तकालयले आगामी वर्षदेखि एक प्रतिभालाई ‘पूर्ण–सरस्वती सम्मान’ पनि प्रदान गर्ने भएको छ । उक्त सम्मान कात्तिक १९ गते आयोजना हुने राष्ट्रिय कविता प्रतियोगिताको दिन दिइनेछ । 

प्रकाशित : कार्तिक २८, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?