कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ध्रुवसत्यका कथा

कान्तिपुर संवाददाता

काठमाडौं — ध्रुवसत्य परियार कथासंग्रहसहित आएका छन् । ‘कैरन’ राजधानीमा हालै साहित्यकार आहुति, डा. अर्चना थापा र नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले लोकार्पण गरे ।

ध्रुवसत्यका कथा

दन्त्यकथा र लोककथाको शैली प्रयोग गरेर धु्रवसत्यले जोखिम मोलेको आहुतिले टिप्पणी गरे । त्यस्तै, थापाले ध्रुवसत्यले मिथकीय शैलीमा कथा लेखेको र आफूलाई पढ्न रुचि लागेको बताइन् । ‘किंवदन्तीहरूलाई आधार बनाएर मिथक शैलीमा कथालाई ल्याउनुभएको छ,’ उनले भनिन्, ‘यो अरू लेखकको भन्दा फरक हो ।’ नेपालमा मिथकबारे त्यति अध्ययन नभएको औंल्याउँदै उनले ‘एकेडेमिक क्षेत्रले मिथकबारे अध्ययन गर्नुपर्ने’ बताइन् ।

लुइँटेलले ध्रुवसत्यमा फरक प्रतिभा रहेको बताए । ‘सधंै एउटै शैलीमा विषयलाई भनियो भने त्यसले ठूलो अर्थ नराख्न सक्छ, तर त्यसलाई फरक शैली प्रयोग गरियो भने अर्थ रहन्छ,’ उनले भने, ‘ध्रुवसत्यको लेखनमा फरक स्वाद छ ।’

सांग्रिला बुक्सले छापेको संग्रहमा १२ कथा छन् । 

प्रकाशित : कार्तिक २९, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?