१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

दीपलाई संगीत रत्न

काठमाडौं — पाका गायक दीप श्रेष्ठको सांगीतिक योगदानको कदर गर्दै बिन्दवासिनी संगीत रत्न सम्मान २०७४ प्रदान गरिएको छ । शनिबार राजधानीमा विशेष कार्यक्रममाझ श्रेष्ठलाई ५० हजार रुपैयाँसहित संगीत रत्न सम्मान दिइएको हो ।

दीपलाई संगीत रत्न

उनलाई गीतकार रत्नशमशेर थापा, किरण खरेल, संगीतकार प्रेमध्वज प्रधान, दीपक जंगमलगायत स्रष्टाले सम्मान हस्तान्तरण गरे ।

झन्डै पाँच दशक सांगीतिक क्षेत्रमा निरन्तर योगदान दिएका दीपको सांगीतिक यात्राबारे कार्यक्रममा डकुमेन्ट्रीसमेत देखाइएको थियो भने गायक अजर जंगमले दीपका कालजयी गीत गाएर सुनाएका थिए ।

उनले ‘कति कमजोर रहेछ...’, ‘हर रात...’, ‘मेरो आँखामा...’, ‘बितेका कुराले...’ लगायत दीपका गीत गाएका थिए । नेपाली गीत र संगीतको प्रवद्र्धनमा योगदान पुर्‍याएका विभिन्न सञ्चारकर्मीलाई पनि बिन्दवासिनी संगीत कला पत्रकारिता सम्मान दिइयो ।
अमरध्वज लामा, प्रतिमा श्रेष्ठ, अनुपा श्रेष्ठ, ध्रुव लम्साल, विजय नेपाल, रिता लिम्बू, जीवन पराजुली, विष्णुप्रसाद गौतम र मधु शाहीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बिन्दवासिनी म्युजिक अवार्ड २०७४ का लागि मनोनयन प्रमाणपत्र पनि वितरण गरिएको थियो । पुस १५ गते ३२ विधाको मनोनयनमा परेकाहरूबाट बिन्दवासिनी म्युजिक अवार्ड दिइने आयोजकले बताएको छ ।

प्रकाशित : मंसिर ३, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?