कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

डेनिसको नजरमा उपत्यकाका नेवार

ललितपुर — उपत्यकाका नेवार भन्नेबित्तिकै दौरा–सुरुवाल लगाएको, कानमा मुन्द्री, शिरमा भादगाउँले टोपी र कन्चटनेर फूल सिउरेका व्यक्तिको चित्र प्राय: मस्तिष्कमा आउन सक्छ । सन् १९७० को दशकमा उपत्यकाका नेवारहरू कस्ता देखिन्थे ? नयाँ पिढीलाई उत्सुकता हुन सक्छ ।

डेनिसको नजरमा उपत्यकाका नेवार

सत्तरीको दशकमा पहिलोपटक नेपाल उत्रेका डेनमार्कका ब्यौर्नले त्यति बेला खिचेका उपत्यकाका नेवारहरूका फोटाको प्रदर्शनी थालेका छन् । पाटनको यल मण्डला क्याफेमा जारी ‘द यल नेवामी कलेक्सन’ प्रदर्शनीमा त्यस बेलाका अनुहारहरूको बान्की देख्न सकिन्छ ।


नेपाल आएपछि ब्यौर्नले पहिले उपत्यका घुमे । त्यस क्रममा उनी नेवार समुदायको निकट भए । ‘मलाई यहाँका मानिसहरू एकदमै राम्रो लाग्थे । फोटो खिच्दै हिँड्दा र रहनसहन बुझ्दै जाँदा नेवारहरूसँग एक खालको बोन्डिङ बन्यो,’ नेपालका विभिन्न ठाउँ घुमेका उनले भने, ‘मलाई नेवार समुदाय राम्रो र युनिक लाग्यो । उनीहरूको संस्कृति पनि जीवन्त र अन्यभन्दा भिन्नै छ । यहाँको प्राचीन संस्कृति लगभग उस्तै रहेको देख्दा अहिले अनौठो लागेको छ ।’
उपत्यकाका तीनै जिल्ला पैदलै घुमेर ब्यौर्नले खिचेका धेरैजसो फोटाहरू पोट्ेरट छन् । प्रदर्शनीमा त्यस्ता ३४ पोट्ेरट राखिएका छन् । केही फोटा श्यामश्वेत छन् भने केही रंगीन ।

प्रकाशित : मंसिर १३, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?