पुस्तकको रोयल्टी मन्दिरलाई

काठमाडौं — साहित्यकार तथा पत्रकार कमल रिजालले आफ्नो नयाँ उपन्यास ‘दृष्टिभ्रम’ को यस वर्ष प्राप्त भएको रोयल्टीबापत्को एक लाख पाँच हजार रुपैयाँ गैंडाकोट, नवलपरासीस्थित मौलाकालीका मन्दिरलाई प्रदान गरेका छन् ।

लेखकले रोयल्टीबाट प्राप्त हुने रकम पछि पनि क्रमश: सोही मन्दिरलाई नै प्रदान गर्दै जाने प्रतिबद्धता जनाएका छन् । सृजना साहित्य प्रतिष्ठान गैंडाकोटद्वारा हालै आयोजित उक्त उपन्यासको परिसंवाद कार्यक्रममा लेखक रिजालले रकम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटालाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष सापकोटाले सो रकमलाई मन्दिर परिसरमा पुस्तकालय स्थापना गर्ने कार्यमा लगानी गरिने बाताए ।
सांग्रिला बुक्सद्वारा प्रकाशित ‘दृष्टिभ्रम’ बोक्सीप्रथाको विरोधमा लेखिएको छ । परिसंवादमा डा. मतिप्रसाद ढकालले उपन्यास महिला हिंसाविरुद्धको बेजोड आवाज भएको टिप्पणी गरेका थिए । अर्का वक्ता डा. केशव चालिसेले उपन्यासले तन्त्रशास्त्र तथा दर्शनशास्त्र एवं शरीर विज्ञान र मनोविज्ञानको आधारमा बोक्सीप्रथा उन्मूलन गर्ने प्रयास गरेको बताए ।

प्रकाशित : मंसिर १६, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?