भक्तपुर — सँझ्या साहित्यको यसपटकको शृंखलामा फरक पुस्ताका तीन कविले कविता प्रस्तुत गरे ।
पचासको दशकपछि कविता लेख्न थालेका प्रोल्लास सिन्धुलीय, साठीको दशकको उत्तरार्द्धपछि कवितामार्फत देखा परेकी रञ्जना निरौला र सत्तरीको दशकदेखि कवितामा सक्रिय सुरज रानाले लोकन्थलीस्थित ॐ ज्ञान मन्दिर विद्यालयमा आफ्ना रचना सुनाए ।
सँझ्या साहित्यको यसपटकको शृंखलामा फरक पुस्ताका तीन कविले कविता प्रस्तुत गरे ।
पचासको दशकपछि कविता लेख्न थालेका प्रोल्लास सिन्धुलीय, साठीको दशकको उत्तरार्द्धपछि कवितामार्फत देखा परेकी रञ्जना निरौला र सत्तरीको दशकदेखि कवितामा सक्रिय सुरज रानाले लोकन्थलीस्थित ॐ ज्ञान मन्दिर विद्यालयमा आफ्ना रचना सुनाए ।
भक्तपुरलाई कला र कविताको पर्यटन क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले सुरु भएको सँझ्यामा कवि सिन्धुलीयले आमालाई सम्झँदै ‘धन्यवाद आमा’ कविता सुनाएर शृंखला सुरु गरे । उनले ‘श्रीमतीको ड्राइभिङ लाइसेन्स’, ‘कमरेड अशोक सुवेदीकी श्रीमती’, ‘हामीजस्ताको मन’, ‘लोग्ने मान्छे’, ‘आफ्नै बासँग’, ‘तिम्रो लोग्नेको नाम के हो यशोधरा ?’ लगायत कविता सुनाए ।
उनले कवितामा महिला सशक्तीकरण, पुरुष मानसिकता, राजनेताका मनो–सामाजिक अवस्थालाई बिम्बमा उतारेका थिए ।
निरौलाले पनि ‘आमा’ कविता सुनाइन् । उनले आमाको महिमा वर्णित कविता आमा प्रस्तुत गर्दै कविताको श्रीगणेश गरिन् । सामाजिक, राजनीतिक वा आर्थिक संकट आएको बेला एक जिम्मेवार नागरिक चुप लागेर बस्न नहुने बताउँदै उनले ‘म कसरी हेर्न सक्छु’ कविता सुनाइन् । त्यसै गरी उनले ‘जीवन’, ‘आग्रह’, ‘छोरी’, ‘माग’, ‘तिमी मान या नमान’, ‘मेरो युवा दाइ’ कवितामार्फत देशका समसामयिक समस्या उठाइन् ।
रानाले ‘अक्षरहरू’, ‘लाहुरेनी भाउजू र कुकुर’, ‘ओ बाहुनी’, ‘मौन पहाड’, ‘प्रेम निभेको कोठाबाट’, ‘तलब’, ‘याद’ र ‘बोध’मार्फत रेमिट्यान्स बजारमा बेचिएका युवाको पीडा र तिनैका आश्रित स्वास्नीहरूको यौन मनोविज्ञानको सूक्ष्म विश्लेषण प्रस्तुत गरे ।
युवा कवि सुमन हुलाकीले ‘चुनाव’ कविता बोनसका रूपमा सुनाए ।