कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

छायाछविमा हेम र सुशीला

काव्य वाचन

काठमाडौं — छायाछवि काव्य शृंखलाको दोस्रो सिलसिलामा लेखक/कवि हेम प्रभास र गजलकार सुशीला पौडेल
प्रस्तुत भए ।

छायाछविमा हेम र सुशीला

छायाछवि काव्य शृंखलाको दोस्रो सिलसिलामा लेखक/कवि हेम प्रभास र गजलकार सुशीला पौडेल प्रस्तुत भए ।

सुशीलाले आफ्ना गजलबाट शृंखलाको सुरुआत गरिन् । उनले ‘कति रहस्यमय...’, ‘माया बसेकै हो त...’, ‘हराएको छ...’, ‘तिमीले नै पार्‍यौ...’, ‘म छक्क पर्छु...’, ‘सक्दिनँ...’, ‘एउटै समय..’, ‘बनाउँm कसरी...’ र ‘डुबेको छु...’ सहित एक दर्जन गजल सुनाइन् । उनका प्राय: गजल मायाप्रेमसँग सम्बन्धित थिए ।

हेमले ‘नयाँ शताब्दीको बूढो बालक’, ‘मेरो बा किसान हुन्’, ‘भेट र पृथकता’, ‘तिम्रो भाग्यको नीलो पहाड’, ‘कवि कृष्णेको सपना’, ‘पत्रको सारांश’, ‘म मरेको साँझ’ र ‘भेटको सिलसिला’ गरी आठ कविता सुनाए ।

उनका कवितामा सामाजिक विसंगति, समसामयिक परिवेश र नेपाली समाजका सामाजिक यथार्थहरू समेटिएका थिए ।

प्रकाशित : मंसिर १८, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?