१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सातलाई बुद्ध शान्ति

काठमाडौं — बुद्ध शान्ति फाउन्डेसनले सात जनालाई बुद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार २०७४’ बाट सम्मानित गरेको छ । फाउन्डेसनले मेरुदण्डमा चोट लागेका पाँच जना प्रतिभाशाली कलाकार तथा खेलाडी र दुई जना काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका वरिष्ठ परिचारिकाहरूलाई ७० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

सातलाई बुद्ध शान्ति


सम्मानित हुनेमा लेखिका एवं नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष गायत्री दाहाल, थाङका कलाकार ङवाङ् छिरी शेर्पा, खेलाडी तथा पौडीबाजद्वय सोनिका ढकाल र लक्ष्मी कुँवर, राष्ट्रिय कीर्तिमान कायम गर्ने ह्वीलचियर धावक रामबहादुर तामाङ, काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका वरिष्ठ परिचारिकाद्वय रुक्मनी सन्द्याङ र विष्णु सिंह धर्ती रहेका छन् । कार्यक्रममा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघका ३० जना ह्वीलचियर खेलाडीहरूलाई ‘बुद्ध शान्ति सम्मान २०७४’ प्रदान गरेको छ । अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कोण्डन्य महास्तवीरले सम्मानपत्र र पुरस्कार हस्तान्तरण गरे ।
त्यस्तै संघले ‘स्पाइनल इन्जुरी पछिको जीवन’ शीर्षकमा अन्तक्र्रियासमेत गरेको थियो । बुद्धको शान्तिप्रतिको अनुरागलाई सिर्जनासँग जोडेर भाषा सहित्य, ललितकला, संगीत, ज्ञान विज्ञानको विविध सिर्जनात्मक विधाहरूको विकास, संवद्र्धन र प्रवद्र्धन गर्न पुरस्कारको स्थापना गरेको फाउन्डेसनकी अध्यक्ष साहित्यकार एवं चित्रकार सन्ध्या रेग्मीले बताइन् ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?