प्रवीणको कुकुरप्रेम

कान्तिपुर संवाददाता

काठमाडौं — गायक प्रवीण बज्राचार्य ‘कुकुर अनि म’ एल्बमसहित आएका छन् । के नाइन डग ट्रेनिङ एन्ड केयरले प्रस्तुत गरेको एल्बममा सात गीत छन् । सबै गीत प्रवीणले नै गाएका हुन् ।

डा. सुनील सापकोटाको ‘हे मानव..’ र ‘बोल्न सक्दिनँ..’, रवि मल्लको ‘सान्नानीको..’, प्रकाश/सुजाता तामाङले लेखेको ‘बिहानी..’ गीत कल्याण सिंह र दीपंकर क्षेत्रीले संगीतबद्ध गरेका हुन् । प्रवीणले अन्य गीतकारले लेखेका मात्रै नभई आफंैले लेखेको ‘जिन्दगीको...’ र ‘पानी पर्‍यो..’ गीत पनि गाएका छन् । ‘जिन्दगीको...’ गीतकल्याणले संगीतबद्ध गरेका हुन् भने ‘पानी पर्‍यो..’ गीतमा प्रवीणकै संगीत सुन्न सकिन्छ ।

प्रकाशित : मंसिर २१, २०७४ ११:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाल भाषामा मनराजा

कान्तिपुर संवाददाता

काठमाडौं — संगीतकार मनराजा नक:मि नेपाल भाषाको एल्बमसहित आएका छन् । ‘ज्वभनया रङ्ग’ (जोबनको रंग) मा १६ गीत छन् र सबै गीतमा संगीत मनराजाकै संगीत सुन्न सकिन्छ ।

एल्बममा वरिष्ठ गीतकार दुर्गालालका ‘स्वाँ न्हिल मुसुक..’, ‘हाय रे व वाँउ चुलि..’ र ‘स्वरे व मचां थ:..’ गरी तीन गीत छन् । त्यस्तै, आनन्दरत्न बज्राचार्य लिखित ‘छंगु ख्वालं हे काल...’, ‘किजा पुजा..’ गरी दुई गीत, मंगल महर्जनका दुई गीत ‘हिसि दु:म्ह मचा..’ र ‘जिमि अजा अजि..’, प्रकाशलाल जोशीका दुई गीत ‘चमेलिस्वाँ थे..’ र ‘जिगु थ्व अज: मिखा..’ छन् ।

त्रिलोचन, तब: मरु, नातिब्रज, चण्डेश्वर महर्जन, निर्मलरत्न शाक्य, धर्मेन्द्र महर्जन र धीर सुवालका एक–एक गीत छन् । एल्बमका गीतहरूमा मदनकृष्ण श्रेष्ठ, सतीश महर्जन, निशा देशार, कविता जोशी, सरिता शाही, रत्नशोभा महर्जन, दीपिका वलामी, सानबाबु, शुलीन्द्र शाक्य, आयुस्ना नक:मि, श्रेया, रिभाना, श्रजल, मनराजालगायतले स्वर दिएका छन् ।

 

प्रकाशित : मंसिर २१, २०७४ ११:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT