कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लेखन कुञ्जमा कविता कुरा

काठमाडौँ — ‘आस्था, ओ मेरी प्रिया’, ‘चिता जलिरहेछ’, ‘बिनाशालिकका नायकहरू’ जस्ता कविता कृतिका स्रष्टा हुन् प्रदीप ज्ञवाली । राजनीतिक परिचय हाबी हुँदा छोपिएको उनको साहित्यिक छवि सहरका कार्यक्रमहरूमा कहिलेकाहीं प्रकट हुन्छ । उनी केही दिनअघि थापागाउँस्थित लेखन कुञ्जमा भेटिए ।

लेखन कुञ्जमा कविता कुरा

भर्खरै गुल्मीबाट प्रतिनिधिसभाको निर्वाचन जितेर आएका उनी राजनीति हैन, कविता लेखन सिकाउँदै थिए । आधा दर्जन विचार र दर्शनप्रधान कृतिसमेतका धनी ज्ञवालीले ‘सिर्जनात्मक लेखन क्याम्प’ मा कविता लेखनको अनुभूति र रचनागर्भ सुनाए ।

‘बाटोघाटो, पुल–पुलेसा बनेर मात्रै समाजको विकास भएको मानिँदैन,’ ज्ञवालीले भने, ‘यो त भौतिक विकास मात्रै हो, चेतनाको विकासका लागि चाहिँ साहित्य अनिवार्य छ, तीमध्ये कविता चोटिलो विधा हो ।’ यसपछि उनले सिमल बुक्सले केही महिनाअघि मात्रै ल्याएको कविता कृति ‘बिनाशालिकका नायकहरू’ बाट केही कविता सुनाए । कवि विप्लव ढकालको प्रशिक्षणबाट सुरु भएको क्याम्पमा यो साता वरिष्ठ कवि तुलसी दिवस पनि अतिथि बने । उनले कविताको सिजर्नात्मक एवं सैद्धान्तिक पक्षमाथि प्रकाश पारे । ‘अनुभवलाई मौलिकता र नवीनताका साथ शब्दमा उतारियो भने जीवन्त कविता बन्न सक्छ,’ उनको मत थियो । कविहरू देवी नेपाल र गीता त्रिपाठीले पनि आआफ्ना अनुभव बाँडे ।

कविता, कथा, निबन्ध, नाटक, गीत, गजल कक्षामै लेखाउनेपढाउने र व्यावहारिक ज्ञान दिने उद्देश्यले घोस्ट राइटिङ नेपालले क्याम्प चलाएको अध्यक्ष कमल ढकालले जनाए ।

प्रकाशित : पुस १३, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?