१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८
साहित्य/विविध

Literature

पत्रकार चाम्लिङको आमसञ्चासम्बन्धी कृति

पत्रकार राजेश चाम्लिङ राईको आमसञ्चारसम्बन्धी ‘किराती राई समुदायको परम्परागत सञ्चार माध्यम’अनुसन्धान कृति सार्वजनिक भएको छ ।

पत्रकार चाम्लिङको आमसञ्चासम्बन्धी कृति

चेतना संरक्षणद्वारा पाँच विधामा पुरस्कार घोषणा

विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठान नेपालले पुरस्कारको घोषणा गरेको छ । साहित्य, पत्रकारिता, समाजसेवा, धर्मसंस्कृति र ललितकला विधामा महत्वपूर्ण योगदान पुर्‍याउनेलाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानले यस वर्ष पुरस्कृत हुने व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । 

चेतना संरक्षणद्वारा पाँच विधामा पुरस्कार घोषणा

डा. गुरूङलाई लेखनाथ 

लेखनाथ साहित्य प्रतिष्ठानले यो वर्षको लेखनाथ साहित्य पुरस्कार संस्कृतिविद् डा. जगमान गुरुङलाई प्रदान गरेको छ । कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा कान्छी छोरी कुन्तीदेवी भट्टराई र परिवारद्वारा स्थापित ५० हजार रुपैयाँँसहितको पुरस्कार शनिबार डा. गुरुङलाई दिइएको हो ।

डा. गुरूङलाई लेखनाथ 
पुस १५, २०७४

लेखनाथ साहित्य पुरस्कार जगमानलाई

लेखनाथ साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको लेखनाथ साहित्य पुरस्कार यस वर्ष संस्कृतिविद् तथा साहित्यकार डा. जगमान गुरुङलाई प्रदान गरिएको छ । 

लेखनाथ साहित्य पुरस्कार जगमानलाई

बान्तवा कविता 

तेह्रौं बान्तवा कविता प्रतियोगिता मोरङको उर्लाबारीमा सम्पन्न भएको छ । प्रतियोगितामा भोजपुरका बन्धना राई प्रथम भइन् । पाँचथरका इन्द्र मुकारुङ द्वितीय तथा भोजपुरकै विजय ग्वाले तृतीय भए । 

बान्तवा कविता 
पुस १४, २०७४

हिमालमुनि कलाकृति

२०४२ मा पोखरेली युवा सांस्कृतिक परिवारले पाँच कलाकारलाई घान्द्रुक पुर्‍यायो । कास्कीको पर्यटकीय गाउँ घान्द्रुक त्यति बेला अहिलेजस्तो चिरपरिचित थिएन । ढुंगा र माटोको गारो, सर्लक्क परेका ढुंगैले छाएको घर, ढुंगै बिछयाइएको आँगन, परम्परागत पहिरनमा सजिएका गुरुङ समुदाय र आँखाअगाडि लस्करै उभिएका हिमाल । कलाकारलाई त्यति भए पुगिहाल्यो ।

हिमालमुनि कलाकृति
पुस १३, २०७४

संग्रहालयमा कविशिरोमणि

कविशिरोमणि लेखनाथ पौडयालको जन्मघर धमाधम संग्रहालय बन्दै छ । बनी नसक्दै आन्तरिक पर्यटक आउन थालेका छन् । पोखरा–लेखनाथ २७ अर्घौंअर्चलेस्थित कविको जन्मघरलाई लेखनाथ जन्मस्थल विकास समितिले संग्रहालय बनाउँदै गरेको हो ।

संग्रहालयमा कविशिरोमणि

लेखन कुञ्जमा कविता कुरा

‘आस्था, ओ मेरी प्रिया’, ‘चिता जलिरहेछ’, ‘बिनाशालिकका नायकहरू’ जस्ता कविता कृतिका स्रष्टा हुन् प्रदीप ज्ञवाली । राजनीतिक परिचय हाबी हुँदा छोपिएको उनको साहित्यिक छवि सहरका कार्यक्रमहरूमा कहिलेकाहीं प्रकट हुन्छ । उनी केही दिनअघि थापागाउँस्थित लेखन कुञ्जमा भेटिए ।

लेखन कुञ्जमा कविता कुरा