१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डा. गुरूङलाई लेखनाथ 

पोखरा — लेखनाथ साहित्य प्रतिष्ठानले यो वर्षको लेखनाथ साहित्य पुरस्कार संस्कृतिविद् डा. जगमान गुरुङलाई प्रदान गरेको छ । कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा कान्छी छोरी कुन्तीदेवी भट्टराई र परिवारद्वारा स्थापित ५० हजार रुपैयाँँसहितको पुरस्कार शनिबार डा. गुरुङलाई दिइएको हो ।

डा. गुरूङलाई लेखनाथ 

कविशिरोमणि पौड्यालको १ सय ३४ औं जन्मजयन्तीको अवसर पारेर शनिबार उनको जन्मस्थल पोखरा–२७ को अर्घौंअर्चलेमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुरस्कार हस्तान्तरण गरे ।


पुरस्कारले आफूलाई साहित्यमा निरन्तरताको ऊर्जा मिलेको डा. गुरुङले बताए । कास्कीको मादी गाउँपालिकामा पर्ने याङ्जाकोटमा जन्मिएका गुरुङको साहित्यक र अनुसन्धानात्मक गरी ६ वटा कृति प्रकाशित छन् । यसअघि उक्त पुरस्कारबाट प्रा.डा. वासुदेव त्रिपाठी, स्रष्टाहरू मदनमणि दीक्षित, धर्मराज थापा, मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय र बालकृष्ण पोखरेल सम्मानित भइसकेका प्रतिष्ठानले जनाएको छ । लेखनाथ क्षेत्र विकासको क्षेत्रमा सञ्चारमाध्यममार्फत योगदान पुर्‍याएको भन्दै कार्यक्रममा कास्कीका पत्रकार रामप्रसाद तिमिल्सिनालाई पनि पुरस्कृत गरिएको छ ।

प्रकाशित : पुस १६, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?