कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पत्रकार चाम्लिङको आमसञ्चासम्बन्धी कृति

काठमाडौँ — पत्रकार राजेश चाम्लिङ राईको आमसञ्चारसम्बन्धी ‘किराती राई समुदायको परम्परागत सञ्चार माध्यम’अनुसन्धान कृति सार्वजनिक भएको छ ।

पत्रकार चाम्लिङको आमसञ्चासम्बन्धी कृति

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आइतबार सञ्चारग्राममा सार्वजनिक गरेका हुन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा समाजमा परम्परादेखि सञ्चारका विविध पक्षबारे केलाइएका छन्


पुस्तकमा किरातकालीन नेपालको सञ्चार, शासकीय व्यवस्था, राई समुदायमा परम्परागत सञ्चार माध्यम, विधि, मुन्धुम मिथक् र अवधारणा, जीवन प्रणाली, ऐतिहासिक तथा समाजशास्त्रीय दृष्टिकोणको चर्चा छ । किराती समुदायमा परम्परागत सञ्चारका रुपमा पुङ, भाले, लिम्चिबुङ, चौतारा, सेउला राख्ने, म्मरीबुमा, फुर्के, थार, साकेला र झ्याम्टा, रुमाल, धजुरी, हावा, तारेचरो, गंगटा, बन्दुक पड्काउने, डाँडाबाट कराउने, पात बजाउने, समाचारी मान्छे पठाउने, सुसेली हाल्ने मानिएको छ । समयानुकुल मानिने चाडसमेत सञ्चारकै रुपमा लिइएको छ ।


किरात राई पत्रकार संघले गरेको समारोहमा अध्यक्ष आचार्यले विमोचित पुस्तक नेपाली पत्रकारिताको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसले समावेशी सञ्चार नीति निर्माणमा सहयोग पुग्ने बताए । पुस्तकबारे विश्लेषक युग पाठक, पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापा, किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष गणेश राई, उपाध्यक्ष प्रकाश खालिङलगायतले चर्चा गरेका थिए ।


प्रकाशित : पुस १६, २०७४ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?