३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘छाउ घर’ पुरस्कृत

काठमाडौँ — साहित्यकार हेमराज पाण्डेले आफ्नो कृति बिक्री गरेर उपलब्ध भएको रोयल्टी र पुरस्कार रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्दैनन् ।

‘छाउ घर’ पुरस्कृत

बरु हजुरबुवा तुलसीराम पाण्डे र हजुरआमा चन्द्रकला पाण्डेको स्मृतिमा स्थापित अक्षय कोषमा लगाउँछन्, यही कोषको ब्याजबाट साहित्यकारलाई हरेक वर्ष पुरस्कृत गर्ने गर्छन् । यस वर्षको तुलसी–चन्द्र स्मृति पुरस्कार ‘छाउ घर’ उपन्यासका लेखक राज सरगमलाई शुक्रबार राजधानीमा प्रदान गरियो ।

संस्कृतिविद् सत्यमोहन जोशी र मानव अधिकार आयोगका सदस्य प्रकाशशरण वस्तीले १५ हजार रुपैयाँ र सम्मानपत्रसहितको पुरस्कार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राजले ‘छाउ घर’ किन र कसरी लेखियो भन्नेबारे जानकारी दिए । सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथामाथि उनले लेखेको उपत्यास समाजको तीतो यथार्थ रहेको बताए ।

प्रकाशित : पुस २९, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?