कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुरुषले लेख्दा किन ‘यौन’ हुँदैन ?

लेखनाथ — कथासंग्रह ‘मध्यान्तर’ कि लेखक अनुपश रोशीले शनिबार पोखरामा प्रश्न गरिन्, ‘पुरुषले लेख्दा किन यौन हुँदैन ?’ कृतिमाथिको दृष्टिकोण तथा हस्ताक्षर कार्यक्रममा उनले महिलाले यौन मनोविज्ञानमा लेख्दा यौन साहित्यको आरोप लाग्ने गरेको बताइन् । पोखरेली युवा सांस्कृतिक परिवारले गरेको कार्यक्रममा उनले महिलाप्रति लगाइने त्यस्तो आरोपप्रति असन्तुष्टि व्यक्त गरिन् । 

पुरुषले लेख्दा किन ‘यौन’ हुँदैन ?

‘रामलाल जोशीको ‘ऐना’ कथासंग्रहमा पनि यौन छ । कुमार नगरकोटीका धेरै कृतिमा यौन छ,’ उनले भनिन्, ‘तर उनीहरूलाई कहिल्यै यौन साहित्य लेखेको भनिँदैन ।’ ‘कुमारी आमा’, ‘कालो छाया’ र ‘नाङ्गो मान्छे’ लेखकको यो चौथो कृति हो । उनले जीवनसँग जोडिएर यौन आउने भएकाले आफ्ना कृति यौन मनोविज्ञानमा लेखिएको बताइन् । ‘जीवनको केन्द्रमा यौन छ,’ उनले भनिन्, ‘यौन अश्लीलता मात्रै होइन, जीवन पनि हो ।’ ‘मध्यान्तर’ माथि चर्चा गर्दै समालोचक केशव सिग्देलले कथासंग्रहका कथाले उठाएको मुद्दा शक्तिशाली भएको बताए । उनले यौन मनोविज्ञानलाई लेखकले साहसका साथ कथासंग्रहमा समेटेको उल्लेख गरे । ‘पैताला×’ लेखक गनेस पौडेलले पात्रहरूलाई स्थापित गर्न कथासंग्रह सक्षम भएको जनाए । उनले भने, ‘कथावाचनको शैलीमा ख्याल नपुर्‍याउँदा भने केही कथाले निबन्धको छनक दिन्छन् ।’ साहित्यकार सरस्वती प्रतीक्षाले बीपी कोइरालापछि यौन मनोविज्ञानमा अनुपम रोशीले बलियो उपस्थिति जनाएको दाबी गरिन् ।

प्रकाशित : पुस ३०, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?