कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

विभिन्न व्यक्तित्व सम्मानित 

काठमाडौँ — कला, साहित्य, फिल्म, गायन, रंगमञ्च, शिक्षालगायतका विधामा योगदान पुर्‍याएका व्यक्तित्वलाई शनिबार राजधानीमा नेपाल देशभतm गणतान्त्रिक मञ्चले सम्मान 
गरेको छ । फिल्मतर्फबाट सुवास गजुरेल, डम्बरबहादुर बुढाथोकी ‘डब्बु क्षेत्री’, परशुराम चौधरी, रेणु चौधरी, राजु केसी सम्मानित भए । 

विभिन्न व्यक्तित्व सम्मानित 

ललितकलातर्फ मानबहादुर दोङ, जुनी लामा, रामकृष्ण भण्डारी, नरेन्द्रप्रसाद भण्डारी, केशवराज खनाल र देवेन्द्र थुम्केली सम्मानित भए भने पत्रकारितातर्फ ओपेन्द्र शर्मा, मनुकुमारी पुलामी, निर्मल ज्ञवाली, दयानिधि भट्ट, ध्रुवराज अधिकारी, सन्तोष पौडेल, गोमा घिमिरे, शैलेन्द्र घिमिरेले सम्मान थापे । साहित्यतर्फ भने मदन भण्डारी, इन्द्रीससायल खाँ, लक्ष्मी गुरुङ, केवल बिनावी, अनिल श्रेष्ठ, देवी गुरुङ, मणि अर्याल, आकाश अधिकारी, नवीन लोचन मगर, रणेन्द्र बराली र किशोर मनस्वीले सम्मान पाए ।

त्यस्तै, गायन तथा संगीततर्फ प्रदीप बम्जन, धनकुमारी ग्याङमी, निर्मला घिसिङ, कमला दोङ, रिना लिम्बू, पूजा सुनुवार र चित्रसागर श्रेष्ठ सम्मानित भए । नाटयकर्मीतर्फ किशोर अनुराग, इच्छा सिंह, टीकाराम रसाइली, अशोक सिवाकोटी, पुरु लम्साल र मोतीबहादुर कार्कीले सम्मान पाए ।

त्यस्तै, अन्य विविध क्षेत्रतर्फ शिक्षाबाट प्रकाश लक्ष्मी तुलाधार, उद्योग व्यवसायबाट रामप्रसाद गौतम, स्वास्थ्य क्षेत्रबाट दुर्गा प्रसाईं, स्वस्थानी आलेमगर

परियार र खेलकुदतर्फबाट विमललाल श्रेष्ठ सम्मानित भए । मञ्चका सल्लाहकार राजेश

कुमार जोशी (प्रताप) लाई विशेष सम्मान दिइयो । सम्मानितहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ताम्रपत्र, दोसल्ला र फूलमाला अर्पण गरे । मञ्चकी अध्यक्ष एवं साहित्यकार बाबा बस्नेतले स्रष्टाको कदर गर्न सम्मान गरिएको बताइन् ।

प्रकाशित : पुस ३०, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?