गिरिप्रसादको एकल

रुकुम — साहित्यकार गिरिप्रसाद बूढाले एकल रचना वाचन गरेका छन् । राप्ती साहित्य परिषद् जिल्ला शाखाले गरेको कार्यक्रममा उनले आफ्ना सिर्जना सुनाएका हुन् । सदरमुकाम खलंगास्थित त्रिभुवन जनता माविमा भएको कार्यक्रममा बूढाले १७ वटा रचना वाचन गरे । 

गिरिप्रसादको एकल

उनले गद्य–पद्य कविता, मुक्तक र गजल वाचन गरेका हुन् । परिषद्का शाखा सल्लाहकारसमेत रहेका बूढाका ३ साहित्यिक कृति प्रकाशित छन् । परिषद्ले हरेक दुई महिनाको अन्तिममा शनिबार एकल रचना वाचन कार्यक्रम गर्दै आएको छ । कार्यक्रमले जिल्लामा साहित्यिक जागरण ल्याउने सघाएको परिषद्का अध्यक्ष मनलाल ओलीले बताए । एकल रचना वाचनको यो १८ औं शृंखला हो ।

प्रकाशित : पुस ३०, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?