३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हामीमा अमृता र दुर्गा 

काठमाडौँ — ‘हामी : कवि र कविता’ को ५३ औं शृंखलामा कविद्वय दुर्गा दाहाल र अमृता स्मृति प्रस्तुत भए । लुनकरणदास गंगादेवी साहित्य कला मन्दिर र सर्वनाम थिएटरले हरेक महिनाको पहिलो दिन गर्दै आएको शृंखलाको पहिलो चरणमा कवि अमृता प्रस्तुत भइन् ।

हामीमा अमृता र दुर्गा 

अमृताले ‘चिहानको यात्री’ सुनाउँदै शृंखलाको सुरुवात गरिन् । त्यसपछि उनले ‘जवाफ कहिल्यै आएन’, ‘सेतो संग्रहालय’, ‘ट्रेलर’, ‘प्रेम’, ‘फूलहरू जान्दैनन् युद्ध गर्न’, ‘नयाँ सपना’, ‘सपनाको चिहान’, ‘बादलको वीर्य’ लगायत कविता सुनाइन् । उनको ‘फूलहरू जान्दैनन् युद्ध गर्न’ कविताले गतवर्ष नेपाल प्रज्ञा प्रतिष्ठानका राष्ट्रिय कविता प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको थियो । दोस्रो चरणमा प्रस्तुत भएका दुर्गाले केही पुराना र नयाँ लामा कविताहरू सुनाए । उनले ‘कुरुक्षेत्रमा’, ‘बाकस’, ‘देश बस्ने कविता लेख कवि’, फलामको मान्छे’, ‘एउटा धर्ती देखेँ मैले’ कविता सुनाए ।


प्रकाशित : माघ २, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?