कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

न्यौपानेलाई विष्णुलक्ष्मी

काठमाडौँ — कवि भोजराज न्यौपानेले विष्णुलक्ष्मी साहित्यिक पुरस्कार प्राप्त गरेका छन् । दोलखाको चरिकोटमा सोमबार एक समारोहबीच पूर्वमन्त्री आनन्द पोखरेलले न्यौपानेलाई नगद एवं सम्मानपत्र हस्तान्तरण गरे ।

उक्त पुरस्कार पत्रकार चिरञ्जीवी मास्केले २०६९ मा आफूलाई जन्म दिने आमा र कर्म दिने आमाका नाममा सपना गरेका हुन् । पुरस्कारस्वरूप प्राप्त रकम न्यौपानेलाई त्यही अक्षयकोषमा अर्पण गरिदिए । अढाइ दशकयता लेखनमा क्रियाशील न्यौपानेका ‘आकाशमाथिको देवता’, ‘सपनामाथि उभिएर’ र ‘छुटेको जुत्ता’ गरी तीन कविता संग्रह प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा कथा, निबन्ध र संस्मरण तथा गीत प्रकाशित छन् । उनी दोलखाली समकालीन साहित्य, अरुणिमा, हाम्रो गाउँघर लगायतका साहित्यिक कृति एवं पत्रपत्रिकाका सम्पादक पनि रहिसकेका छन् ।

कार्यक्रममा तुलसीमाया रेडियो पत्रकारिता साहित्यिक पुरस्कार भने हाम्रो रेडियोकी लक्ष्मी बस्नेतलाई प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा कवि विष्णु सुवेदी, बिर्ख क्रान्ति, शंकरलाल श्रेष्ठ र मुरारी दुलालले बोलेका थिए ।

प्रकाशित : माघ ३, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?