कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ देवकोटालाई

काठमाडौँ — यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’‘नयाँ पत्रिका’दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई प्रदान गरिएको छ । 

सम्पादक समाज नेपालले वियोगीको १२ औँ स्मृति दिवसका अवसरमा बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई रु २५ हजार राशिको उक्त पुरस्कारबाट सम्मान गरे ।


यस्तै नेपालको टेलिभिजन पत्रकारितामा विशेष योगदान पुर्‍याएबापत ‘नेपाल टेलिभिजन’का समाचार सम्पादक अनिता विन्दुलाई रु १५ हजार सहित सम्मान गरिएको छ । यसैगरी वरिष्ठ पत्रकार सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्वाध्यक्ष धर्मेन्द्र झा, ‘रेडियो नेपाल’का तत्कालीन अंग्रेजी समाचार सम्पादक हरिश चन्द र ‘द टेलिग्राफ’का प्रधानसम्पादक नरेन्द्रप्रसाद उपाध्याय सम्मानित भएका छन् । उनीहरूलाई माला, दोसल्ला र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा ‘मातृभूमि साप्ताहिक’को सम्पादकीय संग्रह भाग तीनको लोकार्पण गरिएको थियो ।


अर्थमन्त्री कार्कीले समाजलाई जिम्मेवार बनाउन सञ्चारकर्मीको ठूलो भूमिका रहने बताए । 'वियोगी धेरै दुःख र कष्टका साथ सञ्चारमाध्यमको क्षेत्रबाट समाज परिवर्तनका लागि लाग्नुभएको हो,' उनले भने । मन्त्री कार्कीले वियोगीका नाममा बन्न लागेको पत्रकारिता अध्ययन केन्द्रका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपाली पत्रकारिता क्रमशः आधुनिक युगमा प्रवेश गरेकाले त्यहीअनुसार पत्रकारिताको विकासका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । सम्पादक समाजका अध्यक्ष पुरु रिसालले वियोगीका नाममा नुवाकोटको शिवपुरी गाउँपालिकामा पत्रकारिता अध्ययन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

प्रकाशित : माघ ४, २०७४ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?